कालो सूचीमा रहेका १२ कम्पनी कुन–कुन हुन् ?

कालो सूचीमा रहेका १२ कम्पनी कुन–कुन हुन् ?

१५ माघ, काठमाण्डौ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको उक्त कार्यालयले निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने कम्पनीमा डिडेल्धुराका जगतबहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो।

रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधव घिमिरे नेतृत्वको डीभी घिमिरे कन्स्ट्रक्सन कुरिनटार, पुष्करप्रसाद गौतम नेतृत्वको अञ्जना निर्माण सेवा भरतपुर चितवन, रानीकुमारी रौनियार नेतृत्वको दिल्ली ट्रेडिङ वीरगञ्ज र शिवहरि पुडासैनी नेतृत्वको बी मेनेजमेन्ट प्रालि पोखरालाई कालोसूचीमा राखिएको छ ।

यस्तै गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रा.लि. काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, नीरजकुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं कालोसूचीमा राखिएका छन् ।

कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् । जगतबहादुर जोरा मुख्य व्यक्ति रहेको राष्ट्र निर्माण सेवा भागेश्वर गाउँपालिका डडेल्धुरालाई तीन वर्ष तथा बाँकी कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.