×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट/हालिनअंश मुद्दा

१६ माघ २०७९

१६ माघ,काठमाण्डौ ।
कुमारी आमाका रुपमा चिनिएकी सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । बलात्कार मुद्धामा न्यायको माग गर्दै पीडकको डिएनए परीक्षण गराउनु भन्दै पटक पटक अनशन बस्दै आएकी निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएसँगै घटनामा नयाँ ट्वीस्ट आएको हो ।

धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतका अनुसार निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमान्ले हेरविचार नगरेको भन्दै अंश मुद्दा दर्ता गराएकी छन् । निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् शिवराज श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् ।

Advertisement
Advertisement

उनले यसअघि आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर बलात्कार गरेको, तर जिल्ला अदालत धनुषाले सफाइ दिएको भन्दै आमरण अनसन गरेकी थिइन । निहारिकाले आइतबार धनुषा जिल्ला अदालतमा अंश मुद्दा दर्ता गराएकी हुन् ।

जिल्ला अदालतले एक सातापछिको तारेख दिए पनि निहारिकाले उच्च अदालतमा पेसीको मिति आउनु अगावै सबै प्रक्रिया पूरा गर्न भन्दै सोमबारकै लागि प्रतिउत्तरको समय माग गरेकी छिन् । सोही अनुसार आरोपित शिवराज श्रेष्ठले त्यसको प्रतिउत्तर दिने तयारी गरेका छन् ।

हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् । श्रेष्तेदार बस्नेतले अंशका लागि भन्दा पनि नाता कायमका लागि प्रक्रिया पूरा गर्न खोजिएको जस्तो बुझिएको बताएका छन् । उनीहरू दुवै जना मिलेर बस्ने भन्दै आएका थिए । निवेदन भने निहारिकाले दिएकी छिन् ।’

अंश दाबी गर्दै मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ । उनले शिवराज श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

धनुषा जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाइ दिँदै प्रतिवादी शिवराज श्रेष्ठ र जाहेरीवाली सोनाली कुमारी सिंहबीचको नाता सम्बन्धका विषयमा छुट्टै कानुनबाट सम्बोधन हुने भन्दै बलात्कार नभएको ठहर गरेको थियो ।

Advertisement

जिल्ला अदालतले शिवराजलाई सफाइ दिएपछि निहारिका उच्च अदालत जनकपुरमा पुनरावेदन लिएर पुगेकी थिइन् । उच्च अदालत जनकपुरमा निहारिका र शिवराज श्रेष्ठको बलात्कार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top