×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

रविको पक्षमा को विपक्षमा को ?

२३ माघ २०७९

२३ माघ, काठमाण्डौ ।
सरकार छाड्ने निर्णय सार्वजनिक गर्न आयोजित विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आक्रमक रुपमा मिडिया संचालक माथि खनिएपछि अहिले रविको अभिब्यक्तिलाई लिएर उनको पक्ष र विपक्षमा सामाजिक संजाल अभिब्यक्तिहरुको बाढी नै आएको छ ।

कतिपयले रविको अभिब्यक्ति वास्तविक रहेको भन्दै उनले उठाएका विषयको समर्थन गरेका छन् भने केहीले उनका अभिब्यक्ति प्रेस स्वतन्त्रता र विद्यमान कानूनी व्यवस्थामाथिको आक्रमण भएको भन्दै फिर्ता लिदै माफी माग्नु पर्नेसम्मको सुझाव दिएका छन् ।

Advertisement
Advertisement

यस्तै रविको हिजोको अभिब्यक्ति र विना आधार लगाएका आक्षेपहरुले उनको गरिमामाथि नै आँच आएको बताएका छन् भने केहीले रविले वास्तविकता बाहिर ल्याएर आफ्नो कद जनतामाझ अझ उचो बनाएको टिप्पणी गरेका छन् । यस्तै पक्ष विपक्षका टिप्पणीका बीच नेकपा एमालेका नेता गोकुल वास्कोटा रविका पक्षमा उभिएका छन् ।

नेकपा एमालेका नेता तथा सांसद बाँस्कोटाले लामिछानेको बचाउ गरेका छन्। आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले केही सञ्चार माध्यम सम्पादकहरुमाथि लगाएका आरोपबारेसम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताएका छन्।

उनले रविले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको भन्दै प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रविले निष्फिक्री बोले। प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो।’

हिजोको पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिएका थिए । नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए । बास्कोटाले रविको बचाउ गर्दा नेकपा एमालेका नेता अर्का भीम रावलले भने लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्।

लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्। नेता रावलले ट्विटरमा लेखेका छन्, राजनीतिक सिद्धान्त, मूल्य,मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ।’ राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उल्लेख गर्दै गालीगलौजमा नउत्रने उनको भनाइ छ।

‘सत्य तथ्य औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौँ’ उनले भनेका छन्। रविको अभिब्यक्ति अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोको संसदको बैठकमा उनका विरुद्ध अदालतबाट आएको आदेशतर्फ लक्षित गर्दै रविको बचाउ गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top