×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

के मोन्टी देसाईले नेपाललाई विश्वकपमा पुर्याउलान् ?

२३ माघ २०७९

२३ माघ, काठमाण्डौ ।
भारतका मोन्टी देसाई औपचारिकरुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रम गर्दै देसाईलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो । क्यानले देसाईसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ ।

प्रक्रियागत ढिलाइका कारण आज सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको बताइएको छ । सम्झौताअनुसार देसाई वर्षको दुई सय ४० दिन नेपालमै रहनुपर्नेछ । औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् ।

Advertisement

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

यही नै नयाँ मुख्य प्रशिक्षक देसाईको मुख्य चुनौती रहेको छ । उनले नेपाललाई अब विश्वकप सम्म लैजानका लागि नेपाली क्रिकेटरलाई तयार पार्नुपर्ने छ । उमेरसमूह तथा सिनियर राष्ट्रिय टिममा विभिन्न सल्लाहकार भूमिकामा सन् २०१४ देखि नै नेपाल क्रिकेटलाई नजिकबाट देखेका मोन्टीसँग क्यानले लामो कार्यकालको अपेक्षा राखेको छ ।

यसैबीच आज औपचारिक नियुक्ति पाएपछि देसाईले सन्दीप लामिछानेका बारेमा पनि प्रतिक्रिया दिएका छन् । सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको उनको भनाइ छ । प्रशिक्षक देसाईले भने, ‘मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा पनि बुझेको छु । उनी टिममा पर्छन् । उनी जस्तो खेलाडी टिमलाई खाँचो छ ।’

प्रशिक्षक देसाइले सन्दीप अहिले राम्रो तयारी गरिरहेको जानकारी समेत दिए । उनले आफूले प्रशिक्षकको जिम्मेवारी पाउँदा निकै खुसी लागेको समेत बताए । नेपालसँग आफ्नो २०२१ देखिकै सम्बन्ध रहेको बताउँद उनले भने, ‘आज मलाई प्रशिक्षकको जिम्मेवारी पाउँदा खुसी लागेको छ । मैले पाएको अवस मेरो नेपालसँग २०१२ देखिको सम्बन्ध छ ।नेपाल टिमसँग पनि राम्रो सम्बन्ध छ ।मेरो सम्झौता क्यानसँग २ वर्षको छ, म त्यो भन्दा लामो सम्झौता बनाएर बस्न तयार छु ।’

यता नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई अन्तिम टिममा राख्न दबाब नदिने बताएका छन् । देसाईका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा राखिएको जिज्ञासामा क्यानका अध्यक्ष चन्दले सन्दीपलाई टिममा राख्ने÷नराख्ने निर्णय प्रशिक्षक र छनोट समितिले लिने बताएका हुन् ।

Advertisement

“सन्दीपलाई अन्तिम छनोटमा राख्ने÷नराख्नेबारे छनोट समिति र प्रशिक्षकले निर्णय लिनुहुन्छ । चन्दले भनेका छन्, नैतिक र शारीरिक रूपमा फिट र उसको टिममा आवश्यकता छ वा छैन भन्ने कुरा होला । क्यानले उनलाई राख्नैपर्छ वा हटाउनैपर्छ भन्दैन,“। निलम्बन फुकुवा गरेर सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि क्यानको आलोचना भइरहेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top