×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीले जोगाउन नसक्ने भए सुदूरपश्चिम सरकार/रेशम चौधरीका लागि बार्गेनिङ

२६ माघ २०७९

२६ माघ ,काठमाण्डौ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । त्यसका लागि बुधबार स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दैछ । सभामा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए का छन् ।

मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी भने विश्वासको मत नदिने पक्षमा छ । उन्मुक्तिका सातै जना प्रदेशसभा सदस्य काठमाडौंमा रहेका छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

Advertisement
Advertisement

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा स्वतन्त्र र राप्रपाका १÷१ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत माग्दै गर्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी छन् ।

सरकारले रेशम चौधरीलाई छाड्ने संकेत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको नदिने अडानमा छ नागरिक उन्मुक्ति । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ । रावल नेतृत्वमा सरकार बनेको आज एक महिना पुगेको छ ।

आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाए सरकार ढल्छ । उनलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ र बिहीबार विहान वार्ता गरेपनि सहमति जुट्न सकेको छैन् । तर, उनले आफ्ना पार्टीका सात सांसदको फोटो फेशबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् ।

आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’ विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि मानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् । ‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ ।

सतहमा द¥हो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुईचार घन दुस्साहसमात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top