मनकारी मेसीले गरे टर्की र सिरियाका भूकम्प प्रभावितलाई ३५ लाख युरो सहयोग

२६ माघ, एजेन्सी ।

विश्व चर्चित अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले आर्थिक रुपमा तथा फुटबलबाट कमाएको नाममा मात्रै नभइ वास्तममै मनका पनि त्यति नै धनी छन् भनेर आफूलाई प्रमाणित गरिदिएका छन् । मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्।

मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्। यी दुई देशमा सोमबारको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ हजार नाघि सकेको छ । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनलाई भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाउन आग्रह गरेको छ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

टर्की भूकम्पमा परी छिमेकी देश सिरिया र टर्कीका गरी २० हजार भन्दा बढीको मृत्यु भएको हुन् सक्ने संयुक्त राष्ट्र संघले जनाएको छ । अहिलेसम्म त्यहाँ १५ हजारले ज्यान गुमाइसकेका छन्। टर्कीको भूकम्प प्रभावित क्षेत्रमा अहिले करिब ६०,००० सहायताकर्मीहरु छन्, तर विनाश यति व्यापक छ कि धेरै मानिसहरू अझै पनि मद्दतको लागि पर्खिरहेका छन्।

दुई दर्जन भन्दा बढी देशका राहत टोलीहरू टर्कीमा आपतकालिन कामदारहरूसँग काम गरिरहेका छन् । विश्वका विभिन्न भागहरूबाट राहत आपूर्तिहरू आइरहने क्रम जारी छ। राष्ट्रपति एर्दोगानले देशका ८५ मिलियन मानिसहरूमध्ये १३ मिलियन प्रभावित भएको र १० प्रान्तमा आपतकालिन अवस्था घोषणा गरेको बताएका छन् । मेसीले गरेको यो सहयोग घोषणा पछि अब अन्य खेलाडी तथा क्षेत्रबाट समेत सहयोग घोषणा हुन् सक्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top