सन्दीपसँग क्रिकेट खेल्न नामिबिया र स्कटल्याण्ड तयार

२६ माघ,एजेन्सी ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा धरौटीमा रिहा भएपछि उनीमाथिको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवासँग उनी अहिले नियमित क्यानको प्रशिक्षणमा सहभागि भइरहेका छन् । अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा निलम्बन फुुकुवा भएको भन्दै विरोध समेत भईरहेको अवस्थामा उनले निलम्बन फुकुवापछि पहिलो पटक कीर्तिपुरमा नामिबिया र स्कटल्याण्ड विरुद्धको घरेलु मैदानमा हुने क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीमा समावेश हुने संभावना देखिएको छ ।

सो शृंखला फागुन २ देखि हुनेछ । यसका लागि नेपालको टोली फेब्रुअरी १० भोलि सम्ममा घोषणा हुने सम्भावना छ। सन्दीपको नाम क्यानले आईसीसीमा पठाइएको २० सदस्यीय टोलीमा छ । यो शृंखला आईसीसी प्रतियोगिता हो । यद्यपि आधिकारिक रूपमा टोली घोषणा भएपछि त्यो अझै परिवर्तन हुन सक्छ।

सन्दीपलाई टिममा समावेश गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठिरहेका बेला कतिपयले सन्दीपलाई टिममा राख्दा नामिबिया र स्कटल्यान्डले पनि आपत्ति जनाउने सक्ने दाबी गरेका छन् । तर, यी दुवै देशका क्रिकेट बोर्डले सन्दीपलाई राख्ने÷नराख्ने विषय नेपाल र आइसीसीको भएको प्रतिक्रिया दिदै आफूहरु सन्दीपसँग खेल्न तयाररहेको जनाउ दिएका छन् ।

क्रिकइन्फो डट कमका अनुसार क्रिकेट दुवै देशका क्रिकेट बोर्डले विज्ञप्ति जारी गरी समान धारणा राखेका हुन् ।‘आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ क्वालिफायर्स अगाडि नेपालका सन्दीप लामिछानको कानूनी स्थितिका सम्वन्धमा आएका समाचारहरूप्रति हामी जानकार छौं । यी खेलमा खेलाडीहरूको उपलब्धता नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्ने विषय हो,’ क्रिकेट स्कटल्यान्डले विज्ञप्तिमा भनेको छ ।

नामिबिया क्रिकेट बोर्डले पनि यही आशयमा विज्ञप्ति निकालेको क्रिकइन्फोले जनाएको छ । यतिबेला नेपाली टीमको बन्द प्रशिक्षण नवनियुक्त प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा त्रिवि मैदानमा जारी रहेको छ । क्यानले निलम्बन फुकुवा गर्दै टीममा समावेश गरेका सन्दीप पनि अन्य खेलाडीहरूसँगै प्रशिक्षण गरिरहेका छन् ।

सोमबार मात्रै पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले सन्दीप क्यान पदाधिकारी सँग नेपाल आएर भेटवार्ता गरेका थिए । रिजवानले क्रिकेटप्रति सन्दीपको हौसला बढाउन आफू नेपाल आएको बताएका थिए । सन्दीप एकदिवसीयमा ५० विकेट लिने विश्वको दोस्रो सबैभन्दा छिटो र ५० त्द्दण्क्ष् मा विकेट लिने तेस्रो बलर पनि हुन्, ।

उनले अन्तिम पटक अगस्ट २०२२ मा केन्या विरुद्धको त्द्दण्क्ष् शृंखलामा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। जतिबेला उनी नेपालको कप्तान पनि थिए । निलम्बन पछि उनले कप्तानी गुमाएका छन् । नामिबिया र स्कटल्याण्ड विरुद्धको सिरिजमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top