ट्विटरलाई ९ सय तिरेपछि के पाइन्छ सुविधा ?

२६ माघ, एजेन्सी ।
सामाजिक सञ्जाल ट्विटरले आध्यकारी बनाएको ‘ब्लु टिक’को लागि पैसा तिनुपर्ने सेवाको सुरूवात गरेको छ । एन्ड्रोइड र आईओएस भएका मोबाइल प्रयोगकर्ताले ब्लू टिक सब्सक्रिप्सनका लागि भारतमा मासिक ९ सय भारतीय रूपैयाँ तिनुपर्ने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वेब प्रयोगकर्ताहरूले भने ६ सय ५० भारतीय रूपैयाँ तिनुपर्ने छ । वेब प्रयोगकर्ताले वार्षिक सुविधा लिएमा ६ हजार ८ सयमा सुविधा पाइने ट्विटरले जनाएको छ । वार्षिक सदस्यता योजना भने मोबाइल प्रयोगकर्ताको लागि रहेको छैन ।

‘ब्लु टिक’ लिएका प्रयोगकर्ताले लेखिसकेको ट्विट सम्पादन गर्न, लामो तथा १०८० पिक्सलको भिडियो अपलोड गर्न सुविधा पाउने छन् । यसरी पैसा तिर्ने प्रयोगकर्ताले ट्विटर चलाएको बेला ५० प्रतिशत कम विज्ञापन देख्नेछन् । यसबाहेक रिप्लाई, मेन्सन तथा सर्च गर्दा ट्विटरले पैसा तिर्ने प्रयोगकर्तालाई बढी प्राथमिकता दिने छ ।

Advertisement

अर्बपति एलन मक्सले ट्विटरको सेयर खरिद गरेपछि ‘ब्लु टिक’ लिनको लागि पैसा तिनुपर्ने नीति ल्याउने घोषणा गरेका थिए । ट्विटरले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा जापानलगायतमा देशमा यो सेवा लागू गरेको छ । ति देशहरूमा यो सेवा लिनको लागि वर्षको ८४ अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।

ट्विटरका प्रमुख मस्कले भने, “हामीले केही महिनादेखि पहिले नै पाएको ब्लु टिकलाई हटाउने काम गरिरहेका छौँ ।” ट्विटर कम्पनी अहिले घाटामा रहेको र यो प्रक्रियाले व्यवसाय बढाउन खोजेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।मस्कले ट्विटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका थिए ।

Advertisement

मस्कले ट्विटर लिएपछि उनले यसमा ल्याएको परिवर्तनले यसको लोकप्रियतामा समेत आँच आएको थियो । मस्कले मितब्यीताका लागि दजर्नाै कर्मराी हटाएका छन् भने ट्विटरले कार्यालयको भाडा समेत नतिरेको भन्दै विभिन्न देशमा उजुरीको समेत समाना गर्नुपरेको छ ।

Advertisement

भर्खरको समाचार

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

सम्बन्धित समाचार

Scroll to Top