×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक आधा घण्टामै सकियो / उठेन सीमा समस्या

१ फाल्गुन २०७९

१ फागुन, काठमाण्डौ ।
नेपाल र भारतका विदेश सचिवबीच सोमबार द्विदेशीय तथा क्षेत्रीय सहकार्यका बृहत् सवालमा समीक्षा भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच आज सोमबार मध्यान्ह भएको प्रतिनिधीमण्डलस्तरीय वार्तामा दुई देशको सहकार्यका अलावा बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यबारे पनि कुराकानी भएको हो।

बीबीआइएन उपक्षेत्रीय पहल भनिने उक्त मञ्चले कनेक्टिभिटी, विद्युत् व्यापार र आर्थिक क्षेत्रमा सहकार्य गर्न जोड दिँदै आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका विदेश सचिवबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको संबन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ।

Advertisement
Advertisement

नेपालस्थित भारतीय दूतावासका अनुसार परराष्ट्र सचिवस्तरीय वार्तामा दुई देश र समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहकार्यलाई थप सुदृढ गर्न दुवै पक्ष सहमत भएका छन्। विदेशसचिवस्तरीय संयन्त्रको बैठक सात महिनापछि बसेको हो । राजनीतिक तह बाहेक सीमा समस्या समाधान गर्ने प्रशासनिक तहमा यो उच्चस्तरीय संयन्त्र हो।

तर सीमा समस्या समाधानका विषयमा गहन छलफल आजको बैठकमा भएको छैन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्री तहमा पटकपटक नेपाल–भारत सीमा विवादको कुरा हुने गरेको छ। तर ठोस निष्कर्ष निस्कने गरेको छैन। बैठकमा कर्मचारीस्तरमा रहेको संयन्त्रको बैठक बस्ने अनि त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति हुने गरेको छ।

तर उक्त सहमतिपछि लामो समय बैठक नै नबसी समय बित्ने गरेको छ। भारत र नेपालबीच करिब १८ सय किलोमिटर लामो खुला सीमा छ। खुला सीमा साझेदारीमा रहेका नेपाल र भारतबीच दर्जनौँ ठाउँमा विवाद छ। कतिपय ठाउँमा त ६ दशकदेखिको विवाद समाधान भएको छैन।

कालापानी, लिपुलेक, सुस्तादेखि अन्य स्थानमा नेपाल–भारतका बीचमा सीमा विवाद हुने गरेको छ। सरकारले यस्तै समस्याहरुको समाधान गर्न केही स्थायी संयन्त्र बनाएको छ। मन्त्रीस्तरीय र कर्मचारीस्तरीय यस्ता संयन्त्रको बैठक त समय–समयमा बस्ने गरेको छ, तर काम गर्न सकेको छैन।

कर्मचारीस्तरीय संयन्त्रले मन्त्रीस्तरीयमा पठाउने र मन्त्रीस्तरीय संयन्त्रले उच्चस्तरमा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने सहमति गर्छन्। तर उच्चस्तरबाट समाधान खोजिँदैन। अहिले पनि नेपाल–भारत संयुक्त आयोग, परराष्ट्र सचिवस्तरीय संयन्त्र र नापी विभाग अन्तर्गतका संयन्त्र क्रियाशील छन्।

भारतले १७ कात्तिक २०७७ मा नयाँ नक्सा जारी गरेपछि सीमा विवाद फेरि बल्झियो। नेपालले उक्त नक्साबारे २० कात्तिकमा औपचारिक रुपमा विरोध जनाएको थियो। तर समाधानका लागि कूटनीतिक पहल भने नगन्य मात्रामा हुँदै आएको छ।

भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि ती भू–भागसहितको नयाँ नक्सा जारी ग¥यो। त्यसयता यो समस्या समाधान गर्न कुनै ठोस पहलकदमी अझै सम्म हुन् सकेको छैन् ।

क्वात्रा आजै बिहान नेपाल आएका हुन्। उनले परराष्ट्रमन्त्री बिमला राईसँग भेटेका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति विद्या भण्डारी, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग भेट्ने छन् ।

यस्तै मधेशवादी नेताहरुसँग भेट्ने भारतीय दूतावासले जनाएको छ। मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई भेट्ने छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरूसँग पनि क्वात्राको भेट हुने सम्भावना रहेको जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top