नेपाल, भारत र भुटानको सीमामा चीनले ०३५ सम्म रेल कुदाउने

१ फागुन, एजेन्सी ।
आफ्ना तीन छिमेकी देशसँगको सुरक्षा, यातायात र व्यापारलाई सहज बनाउने उद्धेश्यले छिमेकी राष्ट्र चीनले नेपाल , भारत र भुटानको सीमा क्षेत्रसम्म रेल्वे लाइन विस्तार गर्ने भएको छ । भारतीय समिा क्षेत्र लद्दाखलाई ध्यानमा राख्दै चीनले अब अक्साई चीनको प्यांगोङ तालसम्म रेल लाइन बिछ्याउने तयारी सुरु गरेको छ।

Advertisement

चीनको यो महत्वाकांक्षी रेलवे लाइनले सिनजियाङ र तिब्बतलाई जोड्नेछ। यो चिनियाँ रेलवे लाइन अक्साई चीनमा भारतको छेउमा रहेको ीब्ऋ को धेरै नजिकबाट गुजर्नेछ। यस रेलमार्गको बारेमा तिब्बत स्वायत्त क्षेत्र सरकारले जानकारी दिएको छ। चिनियाँ रेलमार्गको पहिलो चरण सन् २०२५ सम्ममा सम्पन्न गरी सियाग्त्सेदेखि पाखुत्सोसम्म चल्नेछ।

बाँकी रेलमार्ग होटनसम्म जाने र सन् २०३५ सम्ममा सम्पन्न हुनेछ । द हिन्दूको रिपोर्टका अनुसार चीनबाट तिब्बतको लागि मध्यम र दीर्घकालीन रेल योजना गत हप्ता सार्वजनिक गरिएको थियो। यसअन्तर्गत सन् २०२५ सम्ममा यो रेलमार्ग १४ सय किलोमिटरबाट ४ हजार किलोमिटर पु¥याउने छ ।

Advertisement

चीनको नयाँ रेलवे सञ्जाल नेपाल र भारतको सिमाना हुँदै जानेछ । यसमा सबैभन्दा महत्वाकांक्षी योजना सिनजियाङ–तिब्बत रेलमार्ग हो। यो रेलवे लाइन न्द्दज्ञढ राष्ट्रिय राजमार्ग हुँदै जानेछ। अक्साई चीन हुँदै जाने सिनजियाङ–तिब्बत राजमार्गले सन् १९६२ मा भारत र चीनबीचको तनावलाई बढाएको थियो। यो प्रस्तावित रेलमार्ग तिब्बतको सिगात्सेबाट सुरु भई उत्तरपश्चिममा नेपालको सीमा हुँदै जानेछ ।

यो अक्साई चीन हुँदै सिनजियाङ प्रान्तको होटानमा अन्त्य हुनेछ। यो प्रस्तावित रेलवे लाइन अक्साई चीनको रुतोग र चीनको भूभागमा रहेको पाङ्गोङ ताल नजिकैबाट जानेछ। चीनको आधिकारिक मिडियाले सन् २०२५ सम्ममा धेरै ठूला रेलवे परियोजनामा प्रगति हुने बताएको छ ।

Advertisement

यस प्रतिवेदनमा भनिएको छ, ’क्षेत्रीय रेलवे सञ्जालको सुधारले सामाजिक र आर्थिक विकासमा लैजान्छ। यसका साथै राष्ट्रिय सुरक्षालाई पनि जोगाउन सकिन्छ । हाल तिब्बतमा ३ वटा रेलमार्ग छन् । यसमा, ल्हासा–नियाङ्ची रेलवे लाइन तिब्बतको दक्षिणपूर्वमा भारतको अरुणाचल प्रदेश राज्य हुँदै जान्छ।

यो रेलमार्ग सिचुआन प्रान्तको राजधानी चेङ्दु र प्रमुख आर्थिक र सैन्य केन्द्रसम्म विस्तार भइरहेको छ। यससँगै चीनका दुवै प्रान्तको राजधानीबीचको दूरी १२ घण्टामा घटेर अब ३६ घण्टामा पुगेको छ । योजनाअनुसार अब नेपाल र चीनबीचको भूमि बन्दरगाह ग्याइरोङसम्म सीमा रेलमार्ग निर्माण गरिनेछ ।

यो भारतको सिक्किम र भुटानको सिमाना नजिक रहेको चुम्बी उपत्यकाको यादोङ काउन्टीसम्म जानेछ। यो विशाल रेलमार्गबाट चीनले सीमावर्ती क्षेत्रलाई जोड्ने भएकाले चीनले सीमामा सुरक्षा बढाउन सक्ने विश्लेषकहरू बताउँछन् । यसबाट तिब्बत आर्थिक रूपमा मुख्य भूमि चीनसँग गाँसिनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top