चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिँदै, आमाको निधन

४ फागुन, काठमाण्डौ ।
बुधबार १० बजे राती ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। ग्यास सिलिन्डर विस्फोटमा परेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकलालाई बुधबार राती नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागिएको थियो।

८९ वर्षीया हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारले बताइन्। आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ। भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी छ।

भण्डारीको शरीरको २५– ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ । थप उपचारका लागि अस्पतालले नै विदेशका लागि सिफारिस गरेको हो । सिफारिसअनुसार भारत लैजाने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

किर्तिपुर अस्पतालले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै ’हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ’ भनेको छ ।

चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ । बुद्धनगरस्थित सांसद भण्डारीको निवासमा गएराति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो । दुवै जनाको श्वासनलीमा तातो हावा र धुँवाका कारण जलन भएको हुनसक्ने अध्यधिक सम्भावना रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’

कांग्रेस नेता भण्डारी गुल्मी– १ बाट निर्वाचित सांसद् हुन् । उनी नेपाली काँग्रेसभित्र बौद्धिक नेताका रुपमा परिचित छन् । हिजोको संसद बैठकमा मात्रै विशेष समयमा बोलेका भण्डारीले देश र जनताको जीवनस्तर सुधार हुन् नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top