५ फागुन, एजेन्सी ।
युट्यूबको सीइयोबाट सुसन डायना वोज्किकी बाहिरिएपछि उनको स्थानमा भारतीयका मूलका नील मोहन नयाँ सीइयो नियुक्त भएका छन् । यस अघि नील मोहन युट्यूबको वरिष्ठ विज्ञापन तथा उत्पादन कार्यकारीका रूपमा आबद्ध थिए ।
युट्युबका प्रमुख कार्यकारी र गुगलको पहिलो कर्मचारीमध्ये एक, सुसन डायना वोज्सिकी, लगभग २५ वर्ष पहिले उनको नै ग्यारेजमा सुरु भएको टेक जायन्टबाट बाहिरिँदै छिन् । ५४ वर्षीया वोज्किकीले आफ्नो परिवारसँग बढी समय बिताउन तथा आफ्नो स्वास्थ्य र व्यक्तिगत जीवनमा पनि ध्यान दिनका लागि पद छाडेको बताएकी छन् ।
उनी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् । वोज्किकीलाई उनका डेपुटी नील मोहनले प्रतिस्थापन गर्नेछन् । नील मोहन सन् २००८ मा गुगलमा आबद्ध भएका हुन् । उनलाई कम्पनीले सन् २०१३ मा आकर्षक बोनस दिएको थियो ।
यो परिवर्तन टिकटक तथा फेसबुकको रिल्स जस्ता स्रट फर्म भिडियो प्लेटफर्म र नेटफिलिक्स जस्तो स्ट्रिमिङ सेवाहरूसँगको कडा प्रतिस्पर्धासँग जुधिरहेको यूट्यूबको विज्ञापनबाट आम्दानी लगातार दोस्रो त्रैमासमा घटेको कारण आएको धेरैको प्रक्षेपण छन् ।
स्ट्यानफोर्डबाट स्नातक मोहन सन् २०१५ मा युट्यूबको मुख्य उत्पादन अधिकारी रूपमा नियुक्त भएका थिए । उक्त पदमा हुँदा उनले शर्ट्स, म्यूजिक, सब्सक्रिप्सन प्रस्तावहरू निर्माण गर्नमा ध्यान केन्द्रित गरेका थिए । उनले यसअघि सन् २००८ मा गुगलले अधिग्रहण गरेको कम्पनी डबलक्लिकमा करिब ६ वर्ष बिताए र पछि गुगलमा डिस्प्ले र भिडियो विज्ञापनको वरिष्ठ उपाध्यक्षको रूपमा करिब आठ वर्ष काम गरेका थिए ।
नील मोहनले आफ्नो करियर ग्लोरिफाइड टेक्निकल सपोर्टबाट सुरु गरेका थिए। त्यतिबेला उनको वार्षिक आम्दानी ६०,००० डलर थियो। महिमा प्राविधिक सहयोग पछि, उनी डबलक्लिकमा सामेल भए । त्यसपछि नील मोहन गुगल कम्पनीको हिस्सा बनेका थिए । नील मोहनलाई पनि ट्विटरबाट जागिरको अफर आएको थियो ।
यो कुरा थाहा पाउने बित्तिकै गुगलले उनीहरुलाई रोक्न बोनस घोषणा गरेको थियो ।बोनस दिएर गुगलले उनलाई तीन वर्षको लागि रोकेको थियो । गुगलले उनलाई ५ सय ४४ करोड रुपैयाँ बोनस पनि दिएको थियो । नील मोहनले पनि युट्युबको सिइओ बनेकोमा खुशी व्यक्त गरेका छन् ।
उनले ट्विट गर्दै भनेका छन् ’धन्यवाद सुसान वोजिकी, वर्षौंदेखि तपाईंसँग काम गर्नु राम्रो रह्यो। तपाईंले थ्यगत्गदभ लाई सिर्जनाकर्ता र दर्शकहरूको लागि असाधारण घर बनाउनुभएको छ। म यो महत्त्वपूर्ण मिसन जारी राख्न उत्साहित छु।