आसिफ र ज्ञानेन्द्रको कीर्तिमान/ नेपाल लक्ष्यतर्फ

५ फागुन ७९, शनिबार

६ फागुन, काठमाण्डौ ।
नेपालका ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । यससंगै नेपाल विजयतर्फ अग्रसर भएको छ ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा १ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ७३ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनमा क्रिजमा छन् । आसिफ शेख ८० बलमा ७ चौका र २ छक्कासहित ६८ रनमा क्रिजमा छन् ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका छन् । जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा गरेको उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा उच्च साझेदारी १ सय ३३ रन थियो ।

नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए । जुन नेपालको ओडिआईमा उच्च थियो । दोस्रो विकेटका लागि भने आसिफ र ज्ञानेन्द्रले गत नोभेम्बरमा युएईविरुद्ध १ सय २२ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई एक रनमा क्याच आउट गराएका थिए । स्क्वायर लेगमा कुशल पिक्की या फ्रान्सबाट क्याच आउट भएका थिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।

नामिबियाका जेन ग्रीन ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहे । ग्रीनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । पिक्की या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा दुर्भाग्यपूर्ण रन आउट भए । एक समय १३८–५ को अवस्थमा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top