×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भूकम्पले हल्लिएको सिरियामा इजरालयको एअर स्ट्राइक

७ फाल्गुन २०७९

७ फागुन,एजेन्सी ।
आइतवार बिहानै इजरायलले सिरियाको मुटु राजधानी दमस्कसमा मिसाइल प्रहार गरेको छ । दमस्कसको एक भवनमा मिसाइल प्रहार हुँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ । काफर सोउसेको रिहायसी इलाकामा भएको घटनामा परी केही व्यक्तिहरु घाइतेसमेत भएका छन् ।

यो क्षेत्रमा सिरियाका सुरक्षा एजेन्सी, इन्टेलिजेन्स हेडक्वार्टर तथा वरिष्ठ सैन्य अधिकारिहरुको घर रहेको बताइएको छ । सिरियाको रक्षा मन्त्रालयले गोलन हाइट्सको तर्फबाट अरु क्षेत्रमा पनि इजरायलले हवाई हमला गरेको थियो । यसअघि शुक्रबार पनि सिरियामा आक्रमण भएको थियो जसमा परी ५३ जनाको ज्यान गएको थियो ।

Advertisement
Advertisement

तर यो हमलाका लागि आईएसआईएसलाई दोषि मानिएको छ । इजरायलले कयौपटक यसअघि पनि दमस्कस आसपासलाई लक्षित गर्दै हमलाहरु गरेको थियो । तर रिहायसी इलाकामा भने पहिलो एअर स्ट्राइक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायल भने यसबारे कुनै टिप्पणी गरेको छैन । यता सिरियाको सरकारी संचारसंस्थाले भने सिरियाको एयर डिफेन्स सिस्टमले इजरायली वायु सेनाको जेटद्वारा प्रक्षेपण गरिएको मिसाइलहरुमध्ये अधिकाँशलाई रोक्न सफलता हासिल गरेको बताएको छ । हालै सीमा नजिकै टर्कीमा केन्द्रविन्दु बनाएर गएको भुकम्पका कारण सिरियाका कयौं शहरहरु भग्नावशेषमा परिणत भएका छन् ।

Advertisement

हजारौंको ज्यान गएको छ । कतिपय विद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रमा उद्धारकार्य पनि हुन सकिरहेको छैन । पीडितले राहत समेत पाएका छैनन् । यस्तो बेला इजरायलले मिसाइल आक्रमण गरेपछि सिरियाली नागरिकहरु भयावह बनेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top