यो वर्ष किन चाँडै गर्मी सुरु भयो ? पानी नपर्दा खोलाका मुहान र बाली सुके

८ फागुन ७९, मंगलबार

९ फागुन, काठमाण्डौ ।
यस वर्ष चाँडै नै गर्मी सुरु भएको छ । हिउँदमा पानी नपरेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको हो ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुशार ‘हाल देशभरको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो,’ ।

लामिछानेले प्रि–मनसुनको सिजन नजिकिएकाले पनि तापक्रम बढिरहेको बताएका छन् । सामान्यतया नेपालमा हिउँदे वर्षा मंसिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष देशभर हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन ।

यता पर्याप्त वर्षा र हिमपात नहुँदा हिउँदे बालीमा क्षति पुगेको छ । बाली खेतबारीमा नै सुक्न थालेकाले उत्पादन घट्ने जोखिम बढेको छ । पश्चिमी क्षेत्रमा केही वर्षा भए पनि धेरै ठाउँमा यसपालि हिउँदे वर्षा हुन सकेको छैन ।

बाली लगाएदेखि नै पानी नपर्दा गहुँ, जौ, केराउ, मुसुरो, आलु, फलफूललगायतको उत्पादनमा असर पर्ने देखिएको छ । यस्तै, लामो समयदेखि पानी नपर्दा पशुलाई चरनको पनि अभाव भएको छ । हिमपात र वर्षा नहुँदा लेक तथा खर्कमा घाँस उम्रेको छैन ।

वन, खर्क र खोलामा आश्रित भएका पशुपालक किसान अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् । सामान्यतया माघको दोस्रो हप्तादेखि घाँस पलाउन सुरू हुनुपर्नेमा यसवर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाएको छैन । यस्तै, लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् ।

भर्खरको समाचार

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

सम्बन्धित समाचार

Scroll to Top