×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

नेपालका सर्वाधिक धनीको सुचिमा उद्योगपति विनोद चौधरीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्म हेर्नुहोस् कसको सम्पत्ति कति .(सूचिसहित)

१५ भाद्र २०७५

काठमाडौं,भदौ १५
नेपालको सबैभन्दा धनी व्यक्तिको सुचिमा चौधरी ग्रुपका अध्यक्ष उद्योगपति विनोद चौधरी घोषित भएका छन् । फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ मा नेपालको सबैभन्दा धनीको व्यक्ति उद्योगपति चौधरी भएका हुन् । फोब्र्सले चौधरीका अतिरित्त नेपालका १० जना सर्वाधिक धनी व्यक्तिको सूची पनि सार्वजनिक गरेको छ ।

नेपालको दोस्रो धनीमा गैरआवासिय नेपाल संघ (एनआरएन) का निवर्तमान अध्यक्ष शेष घले, तेस्रोमा एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, चौथो नम्बरमा व्यसायी अजेयराज सुमार्गी, पाँचौमा एनआरएन आद्धित्तिय झा, छैठौंमा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, सातौंमा राजनीतिज्ञ पशुपतिशम्शेर जबरा, आठौंमा एनआरएन बलराम चेनराइ, नवौमा राजेन्द्रकुमार खेतान र १० औं स्थानमा पूर्व राजा ज्ञानेन्द्र शाहा रहेको फोब्र्सले जानकारी दिएको छ ।

Advertisement
Advertisement

१. विनोद चौधरीको सम्पत्ति १ अर्ब ६० करोड डलर अर्थात १ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । विश्वका धनीमध्ये १ हजार ३४२ औं नम्बरमा रहेका चौधरीको सम्पत्ति १ अर्ब ६० करोड अमेरिकी डलर अर्थात १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । पछिल्ला वर्षमा चौधरी डलर अर्बपतिको सुचिमा पर्दै आएका छन् । डलर अर्बपछि घोषित हुनेमा चौधरी पहिला नेपाली हुन् । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका विनोदका मुलुक भित्र र बाहिर गरी ८० कम्पनी सञ्चालनमा रहेको फोब्र्सले जनाएको छ ।

२.शेष घलेको सम्पत्ति ४१ करोड डलर अर्थात ४१ अर्ब रुपैयाँ छ । अष्ट्रेलियामा व्यवसाय गरिरहेका घले त्यहाँ पनि सर्वाधिक धनीको सूचीमा ९९ औ नम्बरमा छन् । उनी मेलर्वन इन्ष्टिच्युट अफ टेक्नेलोजिजका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० छन् । उनीसंग २६ करोड ५० लाख डलर सम्पत्ति छ । उनकी श्रीमति जमुना घलेको सम्पत्ति समेत जोड्दा उनी नेपालको दोस्रो धनीको सूचिमा परेका छन् ।

३. डा. उपेन्द्र महतोको कुल सम्पत्ति ३६ करोड डलर अर्थात ३६ अर्ब रुपैयाँ रहेको छ । महतोको पेट्रोलियम, अस्पता, बैंकिङ लगायत उपकरण निर्माणमा लगानी रहेको छ । उनको व्यवसया रसियामा छ । पछिल्लो समयमा उनले नेपालमा पनि आफनो व्यवसाय विस्तार गरेका छन् ।

४. अजयराज सुमार्गीको २० करोड डलर अर्थात २० अर्ब रुपैयाँ सम्पत्ति छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल निकट व्यवसायी सुमार्गी मुत्तिश्री ग्रुपका अध्यक्ष हुन् । उनले सिमेन्ट, टेलिकम र पानी प्रशोधनका अतिरित्त मिडियामा पनि लगानी विस्तार गरेका छन् ।
५. आद्धित्तिय झाको सम्पत्ति १० करोड डलर अर्थात १० अर्ब रुपैयाँ रहेको छ । जनकपुरका झा अहिले क्यानाडामा व्यवसाय गर्दै आएका छन् ।

६. जीवा लामिछानेको सम्पत्ति ९ करोड २० लाख डलर अर्थात ९ अर्ब २० करोड रुपैयाँ रहेको छ । लामिछाने टिभी उत्पादक कम्पनी टेक्नो ट्रष्टका प्रवन्ध निर्देशक हुन् । उनले रसियामा एल्सन ब्राण्डका एसीडी टेलिभिजन उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । यसअघि उनले रसियामा सामसुङ र एलजी ब्राण्डको टेलिभिजनको डिलरसिपको काम गरेका थिए । लामिछानेले नेपालमा जलविद्युत र वैंकिङ क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

७. पशुपति शम्शेर जबराको सम्पत्ति ८ करोड ४० लाख डलर अर्थात ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष समेत हुन् ।

८.बलराम चिराइको सम्पत्ति ७ करोड डलर अर्थात ७ अर्ब रुपैयाँ पुगेको छ । उनको हङकङमा रियलस्टेट र इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालनमा छ ।

९. राजेन्द्रकुमार खेतानको सम्पत्ति ६ करोड २० लाख डलर अर्थात ६ अर्ब २० करोड रुपैयाँ छ । नेपालमा उनको बैंक तथा वित्तीय संस्था, बीमा, मदिरालागयत १३ उद्योग व्यवसाय सञ्चालनमा छन् । उनी खेतान ग्रुपका अध्यक्ष हुन् ।

Advertisement

१०. ज्ञानेन्द्र शाहको सम्पत्ति ५ करोड ८० लाख डलर अर्थात ५ अर्ब ८० करोड रुपैयाँ छ । सन् २००१ देखि २००८ सम्म नेपालका राजा रहेका शाहाका १७ कम्पनी रहेको फोब्र्सले जनाएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top