बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट, चार पाहुना आजै फर्किने

काठमाडौं,भदौ १५
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) भएको छ । बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित होटल सोल्टीमा रिट्रिट भएको हो ।

Advertisement

सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखँगै उनीहरूका जीवनसाथी सहभागी थिए । बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरेका थिए । रिट्रिटमा सहभागी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु आपसमा गफिनुका साथै बिहानको खाजासँगै खाएका थिए । सो क्रममा उनीहरूले सामूहिक तस्वीर समेत खिचाएका थिए ।

Advertisement

यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू आजै स्वदेश फर्किने भएका छन्। बैठकको समापन आज दिउँसो २ बजे हुने तय भएपछि पाहुनाहरू भने त्यसअघि नै स्वदेश फर्किदै छन्।

Advertisement

यसरी समापनकै दिन स्वदेश फर्किनेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति बिन मिल्ट, बंगलादेशकी प्रधानमन्त्री शेह हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा रहेका छन् ।भुटानका कार्यकारी प्रमुख छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार फर्कने कार्यक्रम छ भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top