ओमानबाट आउने श्रमिक मागपत्रले झुक्याउला हैं

१९ फागुन ७९, शनिबार

२० फागुन,एजेन्सी ।
ओमानको मस्क्याटमा रहेको नेपाली दूतावासको छाप र त्यहाँका पदाधिकारीको हस्ताक्षर नै दूरुपयोग गरेर नक्कली मागपत्र अर्थात डिमाण्ड लेटर बनाएर ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ । दूतावासका अनुसार नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालमा रहेका म्यानपावरहरूलाई नै पठाएर त्यो गिरोहले झुक्याएर आर्थिक ठगी गर्ने गरेको पाइएको छ ।

Advertisement

त्यस्ता मागपत्र प्रमाणीकरण सम्बन्धी कागजातहरू विशेष गरी बिहीबार नेपालमा उपलब्ध गराउने र आइतबार मात्र दूतावासबाट वैदेशिक रोजगार विभागको सफ्टवेयर एफ.ई.आई.एम.एसमा अपलोड हुने भनी झुक्याउँछन् ।

साथै म्यानपावरबाट ती कागजात एफ.ई.आई.एम.एसमा अपलोड गर्न अनुरोध गर्दै दूतावासमा इमेल पनि पठाउने गरेका छन् । तर दूतवासबाट प्रमाणीकरण हुने डिमाण्डहरू प्रत्येक दिन भोलिपल्ट बिहानसम्ममा एफईआईएमएसमा अपलोड भइसक्छन् ।

Advertisement

यस्तै बिहीबार भएका डिमाण्डहरू पनि त्यही दिन साँझसम्म एफ.ई.आई.एम.एसमा अपलोड गरिसकिने भएकोले यस किसिमका गिरोहसँग सतर्क रहन दूतावासले म्यानपावर व्यवसायीहरुलाई आग्रह गरेको छ । साथै यसरी प्राप्त नक्कली कागजातमाथि आवश्यक अनुसन्धान गरी कानूनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा पठाइसकेको पनि दूतावासले जनाएको छ ।

दूतावासबाट प्रमाणीकरण भएका कुनै मागपत्र सम्बन्धमा थप जानकारी चाहिएमा वा नक्कली कागजात, सरकारी छाप बनाउने तथा मानवतस्कर गर्ने गिरोह सम्बन्धमा कुनै जानकारी भएमा नेपाल सरकारको सम्बन्धित निकायमा वा ओमानमा रहेको दूतावासमा खबर गर्न पनि दूतावासले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top