×

NEPAL TIMES UPDATES

Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026

भीम सार्की र सन्दीप सम्हालिदा २२९ रन बन्यो

२२ फाल्गुन २०७९

२२ फागुन, काठमाण्डौ ।
आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाएर २२९ रन बनायो । ४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका भीम सार्कीले अर्धशतक पूरा गरे । उनी ९९ बलमा ७० रन बनाउँदै आउट भए ।

२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो । सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए । कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए । यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन ।

Advertisement
Advertisement

ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिदेशीय ओडिआई शृंखलामा सन्दीप लामिछानेले राम्रो ब्याटिङ गरेका छन्। तीन म्याचमा उनले सुधारिएको ब्याटिङ गरेका हुन् ।

सोमबार पनि घरेलु टोली यूएईविरुद्ध लामिछानेले महत्वपूर्ण पारी खेलेका छन्। उनले आज ४० बलमा एक चौकासहित २७ रनको पारी खेलेका हुन्। सातौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले भीम सार्कीसँग ५६ रनको राम्रो साझेदारी गरे। यसअघि सन्दीपले यूएईविरुद्ध नटआउट २६ र पीएनजीविरुद्ध अविजित ३५ रनको योगदान दिएका थिए।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जीसीले मौका पाएका छन् । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए ।

लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो । आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।

लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।

३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँचै खेल जित्नुपर्नेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ ।

Advertisement
Advertisement

पराजित भएमा भने नेपालको शीर्ष तीनको सम्भावना सकिनेछ र शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउनेमा ध्यान केन्द्रित हुनेछ । नेपालले बाँकी तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top