भदौ १६ : बालकलाकार अनुभव रेग्मी , प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ ।
पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै अभिनेता आयुष्मान देशराज जोशी फिचर छन् ।
उक्त गीतको भिडियोमा आयुष्मान र प्रियकाको प्रेममा अनुभवलाई भिलेनको रूपमा प्रस्तुत गरिएको छ । यस गीतमा नारायण भण्डारी ’जनकपुरी’ को शब्द र सङ्गीत रहेको छ भने दीपक महर्जनको स्वर रहेको छ ।
सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् । यसको सम्पादन विकास धमलाले गरेका हुन् भने गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।