×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

रुसले खसालेको अमेरिकी ड्रोन कति खतरनाक ?

१ चैत्र २०७९

१ चैत , एजेन्सी ।
रुस र युक्रेन युद्ध सुरु भएयता पहिलो पटक दुई महाशक्तिहरु आमनेसामने भएका हुन् । रुस र अमेरिकाबीच प्रत्यक्ष भिडन्त भएको छ । रुसको सुखोई २७ विमानले अमेरिकाको एमक्यू–९ ड्रोनलाई निशाना बनाएको थियो । लडाकु विमानले पहिले आफ्नो इन्धन ड्रोनमा खसाल्यो र त्यसपछि ठक्कर दियो।

अमेरिकी सेनाले मंगलबार कालो सागरमा रुसी लडाकू विमानले अमेरिकी जासुसी ड्रोनलाई निशाना बनाएको जनाएको छ। जसका कारण अमेरिकी सेनाले यो ड्रोनलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा खसाल्नुपरेको थियो । रुस–युक्रेन युद्धपछि दुई महाशक्तिबीच प्रत्यक्ष भिडन्त भएको यो पहिलो पटक हो ।

Advertisement
Advertisement

यसका लागि अमेरिकाले रुसी फाइटर पाइलटलाई जिम्मेवार ठहर गरेको छ । यस घटनाबाट आक्रोशित अमेरिकी सेनाले रुसलाई खुला चेतावनी दिँदै युद्ध भड्काउन सक्ने बताएको छ । अमेरिकी सेनाले रुसले विगतमा धेरै ’आक्रामक’ र ’खतरनाक’ कारबाही गरेको बताएको छ।

यस्तै अमेरिकी युरोपेली कमाण्डले एक विज्ञप्तिमा भनेको छ कि दुई रुसी एसयू–२७ लडाकु विमानहरूले ब्ल्याक सागरमा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोनलाई “असुरक्षित र अव्यवसायिक रूपमा“ रोकेको छ। एमक्यू–९ ड्रोनमा डिजिटल इलेक्ट्रोनिक इन्जिन नियन्त्रण छ।

यसको इन्जिन एकदमै विशेष छ जसको कारणले गर्दा यसको प्रदर्शन अन्य ड्रोन भन्दा राम्रो छ। यो ड्रोन २७ घण्टाभन्दा बढी हावामा रहन सक्छ । यो ड्रोन ५० हजार फिटको उचाइमा उड्न सक्छ । यसको १७४६ किलोग्रामको पेलोड क्षमता छ, जसमध्ये १३६१ केजी बाहिर भण्डारण गर्न सकिन्छ। यो ड्रोनले निगरानी र युद्धमा आफ्नो उच्च क्षमता देखाउन सक्छ।

Advertisement
Advertisement

यसले धेरै प्रकारका हतियार बोक्न सक्छ । यसबाहेक, यो ड्रोन धेरै प्रकारका सेन्सरहरूले सुसज्जित छ । जसले दुश्मनहरूलाई लक्षित गर्न धेरै सजिलो बनाउँछ। सुखोई २७ लाई सोभियत संघले सन् १९८५ मा वायुसेनामा समावेश गरेको थियो । यो विमान आवाजको दोब्बर गतिमा उड्न सक्छ । यो फाइटर जेटले २८९० किलोमिटरसम्म उड्न सक्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top