×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

अमेरिकाको टाउको दुखाई बन्यो टिकटक

२ चैत्र २०७९

२ चैत ,एजेन्सी ।
संयुक्त राज्य अमेरिकाले टिकटकलाई लिएर फेरि चीनलाई चेतावनी दिएको छ । अमेरिकाले टिकटक बिक्री गर्न त्यसो नगरे सम्भावित प्रतिबन्धको सामना गर्न कम्पनीलाई चेतावनी दिएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एप टिकटकले राष्ट्रिय सुरक्षा जोखिम खडा गरेको अमेरिकी आरोप छ ।

अमेरिकाले बाइटडान्सलाई कम्पनीको सेयर बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको बारे सुरुमा ‘वाल स्ट्रिट जर्नल’ले रिपोर्ट गरेको थियो । अहिले टिकटकले यो विषय पुष्टि गरेको बीबीसीले जनाएको छ । टिकटकमा संकलित लाखौँ व्यक्तिको तथ्यांक चिनियाँ सरकारसम्म पुग्न सक्ने अमेरिकी अधिकारीको चिन्ता छ ।

तर, बाइटडान्सले टिकटक बिक्री गरे पनि यसको डाटा प्रवाह र पहुँच परिवर्तन नहुने जनाएको छ । बाइटडान्सले टिकटक बेच्नुपर्ने र यसो हुँदा त्यो चीनबाट पूर्ण रूपमा अलग हुने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विश्वास छ ।

राष्ट्रिय सुरक्षा जोखिमको निरीक्षण गर्ने अमेरिकी विदेशी लगानी समिति (सीएफआईयूएस)को सर्वसम्मतिले टिकटकलाई बाइटडान्सबाट हटाउन सिफारिस गरेको जनाइएको छ । टिकटकका प्रवक्ताले यस विषयमा भनेका छन्, “यदि, राष्ट्रिय सुरक्षाको रक्षा गर्ने उद्देश्य हो भने बिक्रीले समस्याको समाधान गर्दैन ।

(टिकटकको) स्वामित्वमा परिवर्तन हुँदा डाटा प्रवाह वा पहुँचमा कुनै नयाँ प्रतिबन्ध लाग्ने छैन ।” उनले थप भनेका छन्, “राष्ट्रिय सुरक्षाका बारेमा चिन्ता सम्बोधन गर्ने उत्तम तरिका भनेको अमेरिकामा अमेरिकी प्रयोगकर्ताको डाटा सुरक्षाको पारदर्शीता हो ।” यसअघि, सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल पहिलोपटक टिकटकमाथि प्रतिबन्ध गर्ने चेतावनी दिइएको थियो ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top