२ चैत,एजेन्सी ।
न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
सुनामीले क्षति पु¥याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ । केर्मडेक टापुहरू न्यूजील्याण्डको राजधानी वेलिंग्टनको उत्तरपूर्वमा छन् र यो टापु समूह लगभग १३ माइल अर्थात् लगभग २० किलोमिटरको दायरामा फैलिएको छ।
द मिररको रिपोर्ट अनुसार यहाँ केही ज्वालामुखीहरू पनि छन् र यसका कारण प्रायः भूकम्प आउने खतरा रहन्छ। न्युजिल्यान्डका सञ्चारमाध्यमले सबै सुरक्षा उपाय अपनाइएको र कुनै पनि क्षतिबाट बच्नका लागि अधिकारीहरू पूर्ण सतर्क रहेको बताएको छ ।
भूकम्प यति शक्तिशाली थियो कि यसको धक्का अष्ट्रेलियामा पनि महसुस गरिएको थियो। फिजी, न्युजिल्याण्ड र टोंगामा ०.३ मिटर अग्लो समुद्री छाल देखिएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । अस्ट्रेलिया र न्युजिल्याण्ड सुनामीको जोखिममा रहेको न्यूजिल्याण्डको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । यसअघि त्याहा २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।