×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

दक्षिणका राष्ट्रपति जापान उड्दा उत्तरले हान्यो मिसाइल

२ चैत्र २०७९

२ चैत ,एजेन्सी ।
उत्तर कोरियाले पुनः लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको जापान भ्रमणअघि बिहीबार बिहान उत्तरले मिसाइल प्रहार गरेको हो । दक्षिण कोरियाका राष्ट्रपति येओल टोकियोमा हुने शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् ।

यही बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको आरोप दुवै देशको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ः२५ मा प्योङयाङबाट ब्यालेस्टिक मिसाइल कोरियाली प्रायद्वीपको पूर्वी समुद्री क्षेत्रमा उडेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

Advertisement
Advertisement

जापानी रक्षा मन्त्रालयले पनि मिसाइल प्रक्षेपण भएको पुष्टि गर्दै उक्त मिसाइल जापानको टापुबाट २५० किलोमिटर टाढा खसेको जनाएको छ । ६ हजार किलोमिटरभन्दा बढीको उचाइमा करिब प्रतिघण्टा १ हजार किलोमिटर गतिमा मिसाइल उडेको जापानले बताएको छ ।

उत्तर कोरियाले पछिल्लो समय फेब्रुअरी १८ मा लामो दूरीको मिसाइल प्रहार गरेको थियो । उक्त मिसाइल प्रहारपछि संयुक्त राष्ट्र संघले आपतकालीन बैठक डाकी घटनाको निन्दा गरेको थियो । पछिल्लो एक वर्षको अवधिमा मात्रै उत्तर कोरियाले चार पटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।

केही दिन अघि मात्रै पनि लगातार दुई दिन अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई लक्षित गर्दै उत्तरले मिसाइल प्रक्षेपण गरेको थियो । उत्तर कोरियाले गरिरहेको मिसाइल प्रहार संयुक्त राष्ट्रसंघका नेताविरुद्ध भएको दाबी दक्षिण कोरियाले गरेको छ ।

Advertisement

मिसाइल प्रहारपछि जापान र अमेरिकासँग बलियो सुरक्षाका लागि पनि दक्षिण कोरियाले अपिल गरेको छ । मिसाइल प्रहार भएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउन दक्षिण कोरियाले माग समेत गरेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top