एक तोला सुनको एक लाख १० हजार

५ चैत, काठमाण्डौ ।
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज साताको पहिलो दिन नै तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । लगातार उकालो लागेको सुनको भाउ एकै सातामा तोलामै ६ हजार ५ सय रुपैयाँ बढेको हो ।सुनको भाउ अझै बढ्ने अनुमान छ ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो । भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो ।

त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारका तुलनामा ३० रुपैयाँको बढोत्तरीपछि आइतबारको कारोबार मूल्य प्रतितोला १३ सय ४५ भएको हो ।

विश्वबजारमा देखिएको मन्दीसँगै लगानीकर्ता स्टक छाडेर सुनचाँदीमा लगानीमा आकर्षित भएको देखिएको छ । अमेरिकी बजारमा आर्थिक मन्दीको असर स्टक मार्केटमा परेको छ । त्यसैले लगानीकर्ता आफ्नो लगानी सुरक्षित गर्न सुनचाँदीमा आकर्षित भएको अनुमान छ ।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔंस १९३०.६१ डलर रहेको सुन आइतबार १९८८.११ डलर पुगेको छ । एक सातामै सुनको कारोबार मूल्यमा ठूलो बढोत्तरी छ । गत आइतबार सुन प्रतिऔंस १८६७.३ डलरमा कारोबार भएको थियो । चाँदी पनि बढेर प्रतिऔंस २२.६ डलर पुगेको छ । गत शुक्रबार २१.९८ डलर थियो भने गत साताको सुरुमा प्रतिऔंस २०.५३ डलरले कारोबार भएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top