×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पेन्सन र अवकासले टेन्सनमा फ्रान्सेली राष्ट्रपति

७ चैत्र २०७९

७ चैत , एजेन्सी ।
फ्रान्सेली सरकार झिनो मतको फरकले अविश्वासको मतबाट जोगिएको छ । गत हप्ताको सोमबार विशेष शक्तिको प्रयोग गर्दै फ्रान्सले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ मा पु¥याएको थियो । राष्ट्रपति इम्यानुएल म्याक्रोनको प्रस्तावमा प्रधानमन्त्री एलिजावेथ बोर्नले विशेष संवैधानिक शक्तिका रुपमा धारा ४९ः३ को प्रयोग गरी विधेयक पारित गरेकी थिइन् ।

यसले फ्रान्समा देशभर नै सरकार विरोधी प्रदर्शन चर्काएको छ । गत हप्तादेखि नै जारी विरोध प्रदर्शन बिहीबार नवौँ दिन देशव्यापी हडतालका रुपमा तय गरिएको छ । विभिन्न विपक्षी दलहरूले समर्थन गरेको म्याक्रोन सरकारमाथिको पहिलो अविश्वासको मत नौ भोटले जोगिएको छ ।

Advertisement
Advertisement

त्यसपछि प्रधानमन्त्रीमाथि दर्ता भएको अविश्वासको मत पनि पारित हुन सकेन । दुवै अविश्वासको मत पास हुन नसकेपछि अब अवकाश अवधि ६२ वर्षदेखि ६४ वर्ष पु¥याउने विधेयक संवैधानिक अदालतको समीक्षापछि कानुनकारुपमा लागु हुने बताइएको छ ।

तर, यो विधेयक फिर्ता गराउन विरोध प्रदर्शन र विपक्षी दलहरूको दबाब भने जारी रहने बताइएको छ । ‘केही समाधान भएको छैन, हामी यो फेरबदललाई फिर्ता ल्याउन सक्दो प्रयास जारी राख्ने छौँ, फ्रान्सको कट्टर वामपन्थी ला फ्रान्स इन्सौमिसेका संसदी प्रमुख माथिल्डो पानोटले भनेका छन् ।

पेन्सन प्रणाली सुधार विधेयकको विरोधमा हजारौँ नागरिकले विरोध गर्दै आएका छन् नयाँ योजनाअनुसार कर्मचारीको अवकाशको उमेर ६२ बाट बढाएर ६४ पु¥याइएको छ । यस्तै यसअघि पूर्ण पेन्सनका लागि ४२ वर्ष सेवा अवधि रहेकोमा यो अवधि एक वर्ष थपेर ४३ वर्ष पु¥याइएको छ।

Advertisement
Advertisement

नयाँ कानूनअनुसार सन् २०२७ पछि अब पूरै पेन्सन सुविधा लिन कर्मचारीले ४३ वर्ष सेवा गर्नुपर्ने छ भने अवकाशको ६४ पु¥याइएको छ। युरोपका अन्य देशमा पनि अवकासको उमेर ६० भन्दा माथि छ। इटली र जर्मनीमा ६७, स्पेनमा ६५ तथा बेलायतमा ६६ वर्षमा अवकाश लिन पाइन्छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top