नेपाल पुलिसलाई पराजित गर्दै विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा

९ चैत ७९, शुक्रबार

१० चैत , विराटनगर ।

Advertisement

नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टिम विराटनगर सिटीले सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।शहीद रंगशालामा बिहीबार राति भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा विराटनगरका आशिषले निर्णायक गोल गरेका थिए ।दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । उनी सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

Advertisement

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबावमा राखेको थियो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन ।आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top