‘कोशी’ मा विवाद आवश्यक छैनः ओली

११ चैत, विराटनगर ।
प्रदेशको नाम कोशी राखिएको विरोधस्वरुपको प्रदर्शनीको क्रममा गत चैत्र ५ गते विराटनगरमा भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

Advertisement

कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ । प्रदेश सभाले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।

Advertisement

प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह–कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको थियो । लिम्बूको निधन भएपछि यहाँ आन्दोलन थप चर्किएको छ ।

आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उनीहरुले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामङ्कनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।

Advertisement

यता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् । बिर्तामोडमा नेकपा (एमाले) झापाले शुक्रबार आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारेका हुन् ।

‘प्रदेशको नामांकन ठीक ढंगले भएको छ’, उनले भने, ‘मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन।’ वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, ‘कोशी प्रदेश उपयुक्त छ । अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top