×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

मोदीले राहुल गान्धीको निवास पनि छिने

१४ चैत्र २०७९

१४ चैत, एजेन्सी ।
बोलेकै भरमा सांसद पद गुमाएका भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न पनि आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ ।

उता लोकसभाको सांसद सुची रहेको वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ । गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।

Advertisement
Advertisement

कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मोदीविरुद्ध बोलिएको मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएपछि उनीमाथि निरन्तर प्रहार हुँदै आएको छ ।

राहुल गान्धीको सांसद पद खारेजीलाई भारतीय लोकतन्त्रमा सबैभन्दा ठूलो उपहासको रुपमा लिएको छ भने देशैभरी सो निर्णयको विरोध भइरहेको छ । यसैलाई लिएर सोमबार भारतको संसद् पनि तनावग्रस्त बनेको थियो । सोमबार संसद्मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन ।

लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको थियो । संसद् बैठकमा कांग्रेस सांसदहरु विरोधस्वरुप कालो पहिरनमा पुगेका थिए । भारतीय अदालतले गान्धीको मुद्दामाथि गरेको फैसलामा अमेरिकाले समेत नजर राखेको छ । यो कुरा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले यस्तो खुलासा गरेका हुन् ।

Advertisement
Advertisement

उनले अमेरिकाले भारत सरकारसँग अभिव्यक्ति स्वतन्त्रता सहित लोकतान्त्रिक मूल्यहरूको साझा प्रतिबद्धता खोजेको बताएका छन् । वेदान्त पटेललाई राहुल गान्धीको संसद सदस्यता रद्द गर्ने विषयमा प्रश्न सोधिएको थियो। “कानूनको शासन र न्यायिक स्वतन्त्रताको सम्मान कुनै पनि लोकतन्त्रको आधार हो र हामी भारतीय अदालतमा राहुल गान्धीको मुद्दा हेरिरहेका छौं,“ उनले पत्रकार सम्मेलनमा भनेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top