सरकारले भन्यो बुस्टर डोज लगाउनु/ के नेपालमा कोरोना फेरि फर्किएको हो ?

१४ चैत , काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर २४ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ७८ पुगेको छ । १४२९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण भेटिएको हो । सोमबार मात्रै नेपालमा ६९ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्ला पाँच दिनमा १०५ संक्रमित थपिएका छन् । योसँगै संक्रमण फेरि फैलने हो कि भन्ने त्रास बढेको छ । सोमबार भेटिएका ६९ मध्ये ४४ जना सीमानाकामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएका व्यक्ति हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै कञ्चनपुरको गड्डाचौकी र त्रिनगर नाकामा भारतबाट भित्रिने नागरिकमा संक्रमण पुष्टि भएको छ । यसबाहेक प्रयोगशालामा पीसीआर परीक्षण गरिएका मध्ये वाग्मती प्रदेशमा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा गएको जनवरी दोस्रो सातादेखि एक्सबीबी.१.१६ नामक नयाँ सब–भेरियन्ट देखिन सुरु भएको थियो । यो ओमिक्रोनको सब–भेरियन्ट रहेको विज्ञले बताउँदै आएका छन् । भारतका तेलंगाना, महाराष्ट्र, कर्नाटकलगायत राज्यमा फैलिएको यो संक्रमणबाट मंगलबारसम्म ६१० जना संक्रमित भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

नेपालमा कुन भेरियन्टका कारण संक्रमण बढ्न थालेको भन्नेबारे परीक्षण गरिएको छैन । यद्यपि, संक्रमितको संख्या बढ्न थालेपछि जिनोम सिक्वेन्सिङमार्फत भेरियन्ट पहिचान गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसका लागि देशभरका सातै प्रदेशबाट संक्रमण पुष्टि भएका नमुना संकलन कार्य भइरहेको प्रयोगशालाले जनाएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला केही दिनयता कामज्वरो आउने, आँखा दुख्ने, जिउ दुख्नेलगायत समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीमध्ये केहीमा कोरोना र केहीमा फ्लु देखिने गरेको अस्पतालले जनाएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गर्दै आएको छ ।

स्वास्थ्य सेवा विभागले पछिल्लोपटक बुस्टर र दोस्रो बुस्टरका लागि तीस लाख डोज फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत ल्याइएको सो खोप अहिले प्रदेशस्तरबाट वितरण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पहिलो र दोस्रो दुवै डोज खोप दिँदै छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ । यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ । पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top