फिलिपिनी पानीजहाजमा भयानक आगो, ३१ जनाको मृत्यु

१६ चैत, एजेन्सी ।
दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन्। गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्।

Advertisement

पानी जहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ। लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो। गभर्नरले ‘एमभी लेडी मेरी जोय ३’ नामक डुङ्गामा सवार अधिकांशलाई रातभरको अपरेशनका क्रममा उद्धार गरिएको बताएका छन् ।

विभिन्न एजेन्सीहरूले मृतकको सङ्ख्या सङ्कलन गरिरहेका छन्, त्यसैले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको गभर्नरले बताएका छन् । गभर्नर जिम ह्याटम्यानले समाचार एजेन्सी ’द एसोसिएटेड प्रेस’सँग भनेका छन्, ’आगलागीको कारणले गर्दा केही यात्रुहरू उठेका थिए।

Advertisement

कतिपय जहाजबाट हाम फाले।’ डुबेर मृत्यु हुनेमध्ये अधिकांशको शव निकालिएको अधिकारीहरुले बताएका छन् । जलिरहेको डुङ्गालाई बासिलानको किनारमा तानेर लगिएको थियो । घटनाको अनुसन्धान भइरहेको फिलिपिनी सरकारले बताएको छ । फिलिपिन्स द्वीपसमूहमा समुद्री दुर्घटनाहरू सामान्य छन् ।

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन्। सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो। शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top