×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

देउवा–आरजुबाट हेला भएपछि स्वर्णिमले कांग्रेस त्यागे

१६ चैत्र २०७९

१६ चैत, काठमाण्डौ ।
वैशाख १० मा तीनवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम टुंगो लगाउँने क्रम चलिरहँदा विहीबार एक्कासी अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चा भयो । कांग्रेसका नेता रहेका वाग्ले तनहुँ १ बाट उपचुनावमा उम्मेदवार बन्न लागेका खबरहरु बाहिरिएका छन् ।

तर उनी कांग्रेसबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा लड्न लागेको सूचना बाहिरिएको छ । वाग्ले स्वयंले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका छन् । उनको यो सन्देशले पनि वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको थप पुष्टी गरेको छ ।

Advertisement
Advertisement

यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताएका छन् । ‘शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए ।

स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । यो सँगै उनले काग्रेस त्यागेको पत्रपनि बाहिरिएको छ । पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छ ।

उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् । डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् । वाग्लेले अन्तिममा लेखेका छन्, कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ ।

स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए ।

स्वर्णिम कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् । यससंगै अब तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ । कांग्रेसले बिहीबारमात्रै गोविन्द भट्टराईलाई त्यस क्षेत्रमा उम्मेदवार बनाउने निर्णय लिएको छ ।

यस्तोमा रास्वपाले अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्नसक्ने सूचीको पहिलो नम्बरमा राखेको छ । स्वर्णिम तनहुँ १ का मतदाताको मनस्थिति बुझ्न व्यस्त रहेकाले निर्णयमा केही समय लाग्ने भएको छ । वाग्ले रास्वपा सांसद डा. शिशिर खनालसँगै त्यहाँका मतदातासँग संवादमा जुटिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् । रास्वपाले यसअघि नै तनुहँ १, चितवन २ र बारा २ मा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top