×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

ट्रम्पविरुद्ध ३० अभियोग, पूर्व राष्ट्रपतिको नाक कटाए

१७ चैत्र २०७९

१७ चैत, एजेन्सी ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक अभियोग लाग्ने संयुक्त राज्य अमेरिकाको पहिलो पूर्वराष्ट्रपति बनेका छन् । पूर्वपोर्नस्टार स्टर्मी डेनियललाई एक लाख ३० हजार अमेरिकी डलर भुक्तान गरेको विषयमा म्यानहट्टन जिल्ला अदालतको निर्णायकमण्डलले ट्रम्पमाथि एक वर्ष लामो अनुसन्धान गरेको थियो ।

Advertisement

त्यसपछि निर्णायकमण्डलले उनलाई अभियोग लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वराष्ट्रपतिविरुद्ध अभियोग लगाइएको अमेरिकी राजनीतिक इतिहासकै यो पहिलो घटना हो । ७६ वर्षीय ट्रम्पमाथि लगाइएको आरोपको विवरण भने सार्वजनिक गरिएको छैन ।

म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन ब्रागको कार्यालयले बिहीबार साँझ ट्रम्पका वकिलहरूसँग अदालतमा आत्मसमर्पणका लागि समन्वय गर्न सम्पर्क गरेको जनाएको छ । योसहित ट्रम्पले व्यापार ठगीलगायत करिब ३० मुद्दाको सामना गर्न सक्ने बताइएको छ । ट्रम्पका वकिलले उनले मंगलबार आत्मसमर्पण गर्ने र अदालतमा उपस्थित हुने पुष्टि गरेका छन् ।

ट्रम्पले समर्थन र सहयोगका लागि रिपब्लिकन सांसदहरूलाई आह्वान गरेका छन् । अभियोग घोषणा गरिएपछि ट्रम्पले एक लामो वक्तव्यमा आफूविरुद्ध नक्कली, अपमानजनक आरोप लगाइएको जिकिर गरेका छन् । आफूलाई अमेरिकी जनताको साथ रहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पका समर्थक उनको निवास पाम बीच मार ए लागोबाहिर भेला भएका छन् । फ्लोरिडामा बस्ने ट्रम्प औपचारिक गिरफ्तारी र अदालतको पहिलो सुनुवाइका लागि न्युयोर्क जाने अपेक्षा गरिएको छ । ट्रम्पमाथि अभियोग लागेसँगै न्युयोर्क प्रहरी विभागलाई थप प्रहरी तैनाथका लागि तयार रहन आदेश दिइएको छ ।

ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई खारेज गर्दै आएका छन् । ट्रम्प फ्लोरिडामा बस्छन् र उनी अदालतमा पहिलो सुनुवाइका लागि अदालतमा आउन सक्ने विश्वास गरिन्छ। ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्नेछन् । अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ ।

सीएनएनले यो मुद्दासँग सम्बन्धित २ स्रोतलाई उद्धृत गर्दै ट्रम्पमाथि व्यवसायिक धोखाधडीसम्बन्धी ३० भन्दा धेरै अभियोग लगाइएको बताएको छ । जनवरी २०१८ मा अमेरिकी अखबार वाल स्ट्रीट जर्नलले एउटा लेखमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो। जर्नलका अनुसार यो पैसा उनले ट्रम्पसँगको अफेयरको बारेमा कुनै पनि कुरा सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत दिइएको हो ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top