चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

Advertisement

टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् ।

बैठकमा चिनियाँ पक्षले नेपालको विद्युत् उत्पादनको प्रक्षेपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने अवस्थाबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो ।

Advertisement

नेपालले चीनतर्फको प्रसारण लाइनको निर्माण अनुदानमा बनाउनका लागि प्रस्ताव गरेपनि दुवै देशले विद्युत् आदानप्रदान गर्ने भएकोले दुवै देशको लगानी हुनेगरी वित्तीय व्यवस्थापनको प्रारूप तयार गरेर अघि बढाउने प्रस्ताव गरेपनि यसको टुंगो भने लागिसकेको छैन । आजको कारोवार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top