×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मतपेटिका सुरक्षितसँग राखिएको छ-आयोग

१३ मंसिर २०७४

निर्वाचन आयोगले पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतपेटिकाका लागि आवश्यक सबै खालको सुरक्षा व्यवस्था मिलाइएको स्पष्ट पारेको छ।

गत आइतबार सम्पन्न ३२ वटा जिल्लाको निर्वाचनको मतपेटिकाका लागि आवश्यक सबै सुरक्षाको व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रष्टयाएका हुन्।

Advertisement
Advertisement

उनले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयको रेखदेख, नियन्त्रण र व्यवस्थापनमा मतपेटिकाको आवश्यक सबै खालको सुरक्षा व्यवस्था मिलाइएको बताए। निर्वाचन आयोगले राजनीतिक दलहरूको सहमतिमा आवश्यक परे मतपेटिका राखिएको स्थान वरपर सिसी टिभी क्यामेराको समेत व्यवस्था गर्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित निर्वाचनमा भड्किलो खर्च नगर्न पनि सबै उमम्देवारहरुलाई पुनः सचेत गराएको छ। निर्वाचन आयोगका प्रवक्ता ढकालले तोकिएको खर्चको सीमाभित्र रहेर निर्वाचनमा खर्च गर्न सबै उम्मेदवारलाई पुन: सचेत गराएका हुन्।

प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि बढीमा २५ लाख रुपैयाँ र प्रदेश सभा निर्वाचनका लागि बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने कानूनी व्यवस्था छ। तर, उम्मेदवारहरूले ठूलै धनराशी खर्च गर्न थालेपछि निर्वाचन आयोगले त्यसो नगर्न राजनीतिक दलहरूलाई पटक/ पटक सचेत गराउँदै आएको छ। आगामी मंसीर २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

Advertisement

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सबै निर्वाचन क्षेत्रमा अनुगमनको व्यवस्था पनि गरेको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top