×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेन्जिमाले ७ मिनेटमा गरे ह्याट्रिक,चेल्सीले प्रशिक्षक निकाल्यो

२० चैत्र २०७९

२१ चैत, एजेन्सी ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा अर्काे हार बेहोरेको छ । आइतबार लियोनसँग पिएसजीले १–० गोलको हार बेहोरेको हो । लियोनको जितमा बार्कोलाले खेलको ५६ मिनेटमा गोल गरेका थिए । लिगमा पिएसजी पाँच खेलमा पराजित भइसकेको छ ।

Advertisement

यो सिजन सबै प्रतियोगिता गरी पिएसजीको यो सातौं हार हो । पिएसजीको २९ खेलबाट ६६ अंक छ । दोस्रो स्थानको लेन्सको ६० र तेस्रो स्थानको मार्सेको पनि ६० अंक नै छ । पिएसजीले विश्वकपको अन्त्यदेखि सबै प्रतियोगितामा आफ्ना १८ खेलमध्ये सात हारिसकेको छ । खेल सकिएपछि फ्यानले मेसीलाई लक्षित गर्दै सिठ्ठी फुकेका थिए ।

लगातार दुई सिजन पिएसजी च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न चुकिरहेको छ । मेसीले पिएसजीसँग आफ्नो सम्झौता लम्ब्याउने विषयमा कुराकानी गरिरहेका छन् । तर बार्सिलोनाले पनि उनलाई आफ्नो करिअरको अधिकांश समय बिताएका क्लबमा फर्किने विषयमा सम्पर्क गरेको छ ।

यता हार ब्यहोरेपछि लन्डन क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएसँगै पछि चेल्सीले सात महिनाभन्दा कम समयमै प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । पोटरको प्रशिक्षणमा ३२औं खेलमा चेल्सीको यो १२औं हार हो ।

यो सिजन खेलाडी अनुबन्धमा ५५० मिलियन पाउन्डभन्दा बढी रकम खर्च गरेको चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा झरेको छ । क्लबका मालिकहरूले पोटरलाई बर्खास्त गर्नमा ‘निराश’ भएको बताएका छन् । पोटरको बर्खास्तसँगै यस सिजन प्रिमियर लिगमा १३ प्रशिक्षक परिवर्तन भएका छन् ।

लेस्टरले आइतबारै ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको थियो । उता स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ। आइतबार भएको खेलमा रियलले रियल भलडोलिडलाई ६–० गोलले हरायो। खेलमा करिम बेन्जिमाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए।

Advertisement

उनले खेलको २९,३२ र ३६ मिनेटमा गोल गर्दै सात मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे। रियलका लागि थप गोल रोद्रिगोले २२ मिनेट, एसेन्सियोले ७४ र भाज्क्युले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेका थिए । जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अंक छ। शीर्ष स्थानको बार्सिलोनाको ७१ अंक छ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top