र्पपल हेजको ‘न्यु इयर ईभ २०८०’ मा नविन के भट्टराईको प्रस्तुती

२० चैत ७९, सोमबार
Share this
753shares

२० चैत, विराटनगर ।
विराटनगर स्थित एयरपोर्ट मोडमा रहेको र्पपल हेज एण्ड रिसर्टमा नयाँ बर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०८०’ नविन के भट्टराई र द अट्रिपता ब्यान्डको साथ हुने भएको छ । विभिन्न अवसर पारेर यस अघि थुपै्र साँगितीक कार्यक्रम गर्दै आएको रिर्सटले यस महिनाको अन्तिम दिनलाई भव्य रुपमा मनाउने तयारी गरेको छ ।

Advertisement

जिके फिल्म स्टुडियोको आयोजनामा हुन् गइरहेको साँगतिक कार्यक्रममा भ्वाइस अफ नेपालका विभिन्न कलाकारले पनि प्रस्तुती दिने छन् भने स्थानिय ब्यान्ड संस्कृति ब्यान्डको पनि प्रस्तुति रहने जनाइएको छ। त्यसैगरी कार्यक्रमलाई भव्य बनाउनको लागि नुक्लियर डान्स ग्रुपले समेत डान्ससंगै अन्य प्रस्तुती रहने जनाइएको छ ।

मूख्य आर्कषण नविन के भट्टराइ रहेको कार्यक्रम बेलुकी साढे ६ बजे पछि सूरु हुने् छ भने उक्त न्यु ईयर ईभमा सहभागिता भई मजा लिनका लागि १ हजार टिकट रकम रहेको छ । जसमा विभिन्न पेय पदार्थ , स्न्याक, डिनर, एउटा बियर कम्लीमेन्ट्री साथै डीजे, मस्ती, फोटोसुट र भिडियोसुट दिएको आयोजक सुजित साहले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top