×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

कांग्रेसी गुटका कारण प्रचण्डले मन्त्री पाएनन्

२३ चैत्र २०७९

२३ चैत, काठमाण्डौ ।
सरकार सञ्चालनको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हुनेहरूको नाम दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् ।

‘प्रधानमन्त्रीले चाँडै नाम दिनुहोस् भनेर मागिरहनुभएको छ, पार्टीभित्र छलफल टुंग्याएर एक–दुई दिनमै नाम दिन सभापतिज्यू छलफलमा हुनुहुन्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘अब केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’ दाहालले बिहीबारै कांग्रेसबाट थपिने मन्त्रीलाई शपथ गराउने तयारी गरे पनि देउवाले अहिलेसम्म नाम दिन सकेका छैनन ।

Advertisement
Advertisement

प्रचण्डले ताकेता गरेपछि देउवा थप दबावमा परेका छन् । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालयसहित एक राज्यमन्त्री पाए पनि पार्टीबाट चार मन्त्री मात्रै सहभागी छन । कांग्रेसको भागमा परेका परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालयसहित ६ मन्त्रालय अहिले पनि मन्त्रीविहिन छ ।

देउवा बुधबारै एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने निर्णयमा पुगेका थिए । साउदलाई परराष्ट्रमन्त्री बनाउने देउवाको तयारी थियो । नेता शेखर कोइराला र गगन पक्षले कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेकाले बस्नेतको मन्त्रालय निश्चित भएको थिएन तर शेखर–गगन समूह ८ मध्ये तीन मन्त्रालयको अडानबाट पछि हटेको छैन ।

देउवा तीन मन्त्रालय दिने पक्षमा छैनन् । तनहुँको उपनिर्वाचनका विषयमा छलफल गर्न बुधबार सभापतिसँग भेट गरेका थापालाई देउवाले तत्काल मन्त्रीको नाम दिन आग्रह गरेका थिए । थापाले नेता शेखर कोइरालासँग छलफल गर्ने जवाफ दिएर निस्किएका थिए । देउवाले केही समय अघिसम्म शेखर नै परराष्ट्रमन्त्री हुने भए तीन वटा मन्त्रालय दिन तयार भएको जनाउ दिएका थिए ।

तर शेखरले सरकारमा नजाने बताएपछि देउवाले गगन थापालाई पनि परराष्ट्रमन्त्रीको अफर गरेका थिए । तर उनले पनि अहिले नै सरकारमा नजाने सार्वजनिकरुपमै बताइसकेका छन् । इतर समूहमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार र डिगबहादुर लिम्बूको नाम चर्चामा छ ।

यसबाहेक महामन्त्रीद्वयले स्वास्थ्यमन्त्रीका रूपमा युवा नेता प्रदीप पौडेललाई अघि सारे पनि देउवा सकारात्मक नदेखिएको कांग्रेस नेताहरूकै भनाइ छ । प्रधानमन्त्रीसँग रहेका अरू दुई मन्त्रालय जसपा र जनमत पार्टीको भागका हुन । बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव आफैं उम्मेदवार भएकाले उक्त पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालयमा तत्काल मन्त्री पठाउने सम्भावना देखिएको छैन ।

जसपाबाट वरिष्ठ नेता अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने गरी मन्त्री भइसकेका छन । यादव वैशाख १० पछि मात्रै मन्त्री पठाउने तयारीमा छन । तनहुँ–१, चितवन–२ र बारा–२ वैशाख १० मा उपनिर्वाचन हुँदै छ । सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले भने रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छाडेको छ ।

उपनिर्वाचनमा एक्लै अघि बढेको जनमतलाई सत्ता गठबन्धनमा राख्ने कि नराख्ने भन्नेमा सत्तारूढ दलभित्र फरक मत प्रकट हुन थालेका छन । खासगरी जसपाले जनमत पार्टीलाई गठबन्धनबाट अलग गर्न दबाब दिइरहेको छ ।

यादवले जनमतलाई मधेस सरकारबाट समेत अलग्याउने प्रयास गरेका छन् । यसबीच कांग्रेस सभापति देउवा जनमत अब सरकारमा नआउने भन्दै उसले सम्हालेको खानेपानी मन्त्रालय लिने प्रयासमा जुटेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top