कोरोना भाइरस उत्पत्तिबारे नयाँ खुलासा

२५ चैत,काठमाडौँ ।
चिनियाँ अनुसन्धानकर्ताहरूको टोलीले सुरुमा कोरोना पत्ता लागेको वुहानबाट तीन वर्षअघि लिइएका नमूनाहरूको विश्लेषण प्रकाशित गरेको छ । वुहान सहरको हुआनान समुद्री खाना तथा वन्यजन्तु बजार कोरोना भाइरसको उत्पत्तिबारे खोज गर्ने अनुसन्धानको केन्द्रमा रहेको छ ।

यसै बजारबाट २०२० मा संकलन गरिएको जैविक प्रमाणको समीक्षासहितको खोज अध्ययन सार्वजनिक नेचर जर्नलमा सार्वजनिक भएको हो । सार्वजनिक हुनुअघि यो अध्ययनलाई अन्य वैज्ञानिकहरूले पनि प्रमाणित गरेका छन् । यसले हुआनान समुद्री खाना तथा वन्यजन्तु बजारमा बेचिएका जनावरहरूबाट कोराना भाइरस फैलिएको हुनसक्नेतर्फ पनि यसको उत्पत्तिको अनुसन्धानलाई मोड्नसक्ने देखिएको छ ।

यो अनुसन्धानले कोरोना भाइरसको लागि पोजेटिभ देखिएका स्वावहरूमा जंगली जनावरहरूको आनुवंशिक सामग्री पनि भेटिएको देखिएको छ । यसलाई आधार मान्दै केही वैज्ञानिकहरूले कोभिड १९ सुरुमा संक्रमित जनावरबाट मानिसमा सरेको प्रमाण हुनसक्ने टिप्पणी समेत गरेका छन् ।

तर, अरूले नतिजाहरूको व्याख्या गर्न सावधानी अपनाउन आग्रह गरेका छन् । संकलन गरिएका नमुनाहरूको आनुवंशिक सामग्री सार्वजनिक गर्न तीन वर्ष किन लाग्यो भन्ने कुरा स्पष्ट छैन । चिनियाँ अनुसन्धान टोलीले २०२२ को फेब्रुअरीमा आफ्नो अध्ययनको प्रारम्भिक संस्करण अनलाइनमा पोस्ट गरेको थियो ।

तर, त्यतिबेला वुहानको बजारबाट संकलन गरिएका नमुनाहरूको पूर्ण आनुवंशिक जानकारी सार्वजनिक गरिएको थिएन । यसमा समावेश गरिएका नमुनाहरू बजार भित्रका स्टल, भुँइ, पिजरा र मेसिनरीहरूबाट संकलन गरिएको थियो ।

चिनियाँ अनुसन्धानकर्ताहरूले संक्रमित जनावरबाट मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको हो भन्न नसकिने बताएका छन् । उनीहरूले संक्रमित मानिसबाट नै पनि बजारका जनावर र अन्य मानिसमा संक्रमण फैलिएको हुनसक्ने बताएका छन् । यसअघि वुहानको प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंकाको तथ्यसमेत खोजको विषय बनेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top