×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

एमाले सचिव भट्टको घर किन गए प्रचण्ड ?

२६ चैत्र २०७९

२६ चैत, काठमाण्डौ ।
नेपालको राजनीतिमा एकता र विभाजन नौलो विषय होइन। अघिल्लो दिन तथानाम गरेर भोलि पल्ट कुममा कुम जोडेर हिड्ने राजनीतिक दलका नेताहरु यहाँ प्रशस्त छन् । यसैले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्ने गर्दछन् कि राजनीतिमा असम्भव केही छैन् । यो संभावनै संभावनाको खेल हो ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनेर त नेपालका राजनीतिक दल र नेताहरुले पटक पटक पुष्टि गरिसकेका छन् । त्यसकै पछिल्ला उदाहरण हुन् पुष १० को सहमति र फागुन २५ को राष्ट्रपति अनि चैत ३ को उपराष्ट्रपति निर्वाचन । पछिल्लो समय त्यही स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने वाक्यांशलाई थप परिभाषित गर्दै प्रधानमन्त्री प्रचण्ड अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव तर १० वर्षे शसस्त्र युद्धमा निकटस्थ रहेका सहकर्मी लेखराज भट्टलाई खोज्दै उनकै घर पुगेका छन् ।

Advertisement
Advertisement

युद्ध देखि माओवादी र एमालेबीच एकता भएर नेकपा बनेपछि पनि सँगै रहेका उनीहरु सर्वोच्चको एमाले र माओवादी ब्युँताउने फैसलापछि अलग राजनीतिक यात्रा तय गर्न पुगे। भट्ट एमालेमै रहे भने प्रचण्ड पूर्ववत् पार्टीको नेतृत्व गर्दै पुनर्जीवित माओवादीको अध्यक्ष भएर अलग बन्न पुगे। भट्ट लगायतले एमाले रोजेपछि प्रचण्डले यसअघि विभिन्न तिखा टिप्पणीहरु गरेका थिए ।

भट्ट अहिले एमालेको सचिव छन्। यता, उनकै पूर्वसहकर्मी तथा सुप्रिमो अध्यक्ष प्रचण्ड भने नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री रहेका छन्। उनै भट्टका पूर्वसहकर्मी हालका प्रधानमन्त्री प्रचण्डले कैलालीमा एक कार्यक्रममा पुगेको अवसरमा आफ्नो पूर्वसुहकर्मीलाई भेट्न पुगेका छन्।

गोदाबरी– १ अत्तरियास्थित भट्टकै निवासमा पुगेर गरिएको भेटवार्तामा प्रचण्डले राजनीतिक यात्राको क्रममा आफू लामो समयसम्म सोही घरमा बसेको स्मरण गरे। उनले आफ्ना पूर्वसहकर्मी भट्टको परिवारले घरमा बसेको स्मरण गर्दै आफ्नो लागि छुट्टै कोठा नै उपलब्ध गराइएको विगत स्मरण गर्दै राजनीति गर्ने क्रममा आफ्ना लागि छुट्टै कोठानै उपलब्ध गराएको उल्लेख गरे।

प्रचण्डसँग भट्टको सहयात्रा निकै पुरानो हो। २०४१ सालमा मोहनविक्रम सिंहसँग अलग भएर नेकपा(मशाल) हुँदै एकताकेन्द्र र माओवादी जनयुद्धसम्म निरन्तर यी दुबैले सहयात्रा गरेका हुन्।

सोही विगतलाई स्मरण गर्दै भट्टसँगको भेटपछि प्रचण्डले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध हो।मेरा लागि छुट्टै कोठानै घरको माथिल्लो तलामा छ। लेखराजजी राजनीतिक व्यक्तित्व भएपछि कतिपय राजनीतिक विषयमा छलफल भयो। मेरो यो घरसँग भावनात्मक सम्बन्ध छ।’

मोहनविक्रम सिंहसँग अलग भएर २०४१ सालमा नेकपा(मशाल) गठन गरिए यता निरनतर रुपमा प्रचण्डलाई भट्टले साथ दिँदै आएका थिए।सर्वोच्चको २०७७ फागुन २३ को फैसलापछि एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भएर दुबै पार्टी पूर्ववत अवस्थामा पुगेपछि अहिले छुट्टाछुट्टै पार्टीमा लागेका हुन्।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top