नेपाल प्रहरीको उच्च पदमा ३ महिलाले रचे इतिहास

२५ चैत ७९, आइतबार

२६ चैत, काठमाण्डौ ।
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक उच्च पदमा दुई महिला प्रहरी पुगेका छन् । सरकारले पछिल्लो पटक ४ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । जसले आइतवार दर्ज्यानी चिन्ह लगाएका छन् ।

एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यान्ही चिन्ह लगाएका हुन् । डीआईजी मीरा चौधरीले दर्ज्यान्ही चिन्ह लगाएसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक दुई महिला एआईजी भएका छन् ।

यो नेपाल प्रहरीको इतिहासमा पहिलो पटक उच्च पदमा दुई महिला प्रहरी पुगेको संदर्भ हो । केही साता अघि सरकारले किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो । उनी हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा कार्यरत छिन् । नेपाल प्रहरीको इतिहासमा यसअघि प्राविधिक बाहेक एआइजीमा पूजा सिंह मात्रै पुगेकी थिइन् ।

Advertisement

तर, दुई जना महिला प्रहरी भएको पहिलो पटक हो । प्राविधिकबाहेक हाल नेपाल प्रहरीमा ८ जना एआईजी छन् । जसमा दुई महिला एआईजी भएका हुन् । त्यस्तै प्राविधिकतर्फ एक जना महिला एआईजी छिन् । नेपाल प्रहरीको प्रहरी अस्पतालमा प्रमुखको रुपमा डाक्टर आशा सिंह एआईजीका रुपमा कार्यरत छिन् ।

यसरी हेर्दा नेपाल प्रहरीमा अहिले तीन जना महिला प्रहरी एआईजी रहेका छन् । नेपाल प्रहरीमा महिलाको सहभागिता २००८ सालदेखि हुँदै आएको भएपनि अहिलेसम्म नेपाल प्रहरीले प्रहरी प्रमुखका रुपमा महिला प्रहरी नेतृत्व भने पाएको छैन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top