झापाका हात्तीकिल्लामा कुकुर आतङ्क, जङ्गली कुकुरले टोकेर ३५ स्थानीयवासीको खसीबोका मरे !

भद्रपुर, भदौ १८
झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् ।दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका ४० खसीबोका मरेका छन् जसको मूल्य रु तीन लाखभन्दा बढी रहेको सोही वडाका वडाध्यक्ष गोपीचन्द गौतमले बताए ।

शिशुहरुको स्कुलको शुल्क तिर्न र दशैँखर्च टार्न भनी पालिएका खसी यसरी भुस्याहा कुकुरले मारिदिँदा आर्थिक क्षति पुगेको बताउँदै भुस्याहा कुकुर नियन्त्रण र क्षतिपूर्तिका लागि पीडित पक्षले वडा नं ८ का वडाध्यक्षलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।
उनका अनुसार अर्जुनधारा–३ मा रहेको शिविरबाट भुटानी शरणार्थी अमेरिकालगायत देशमा पुनर्वास भएपछि उनीहरुले पालेका कुकर जङ्गल पसेका थिए । तीनै जङ्गली कुकुरले यतिबेला गाउँ पसेर आतङ्क मच्याएको उनको भनाइ छ ।

पीडित लक्ष्मी गौतमले खोरमा राखेका खसीबोका जोगाउनका लागि जाग्राम बस्दै आएको बताए । भुस्याहा कुकुरले टोकेर उनको प्रतिवटा रु १० हजार पर्ने चार खसी मरेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले भुस्याहा कुकुर मार्ने अधिकार नगरलाई नभएको हुँदा समस्या भइरहेको बताउँदै यसको नियन्त्रणका लागि तत्काल जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए ।
रासस

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top