मेसी बार्सिलोना फर्किने संभावना बढ्यो, भयो वार्ता

Share this
746shares

२८ चैत ,एजेन्सी ।
लियोनल मेसीलाई नाउ क्याम्पमा फिर्ता गराउन बार्सिलोना निरन्तर प्रयास गरिरहेको छ। बार्सिलोनाको निरन्तर प्रयासपछि मेसीको नाउ क्याम्प फिर्ताको सम्भावना पनि बढ्दै गएको छ। यहीबीचमा मेसीका बाबु जोर्गे मेसी र बार्सिलोनाका अध्यक्ष लापोर्टाबीच भेटवार्ता समेत भएको छ।

Advertisement

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका ३५ वर्षीय स्टार खेलाडी मेसीले सम्झौता नवीकरण नगर्ने बताइसकेका छन्। जारी सिजनको अन्त्यमा पीएसजीसँगको मेसीको सम्झौता सकिँदैछ। त्यसपछिको मेसीको भविष्य कहाँ हुने भन्न अहिलेसम्म अन्योल छ।

मेसीका बाबु जोर्गे मेसी, एजेन्ट जर्जले गत महिनामात्रै बार्सिलोना अध्यक्ष लापोर्टासँग भेट गरेको विषय अन्तर्राष्ट्रिय मिडियाहरूले भर्खरै सार्वजनिक गरेका छन्। बार्सिलोनाले सार्वजनिक रूपमा मेसीलाई नाउ क्याम्पमा फिर्ता ल्याउने इच्छा स्वीकार गरेको छ। बार्सिलोनका उपाध्यक्ष राफेल युस्टेले भनेका छन्, ‘क्लब उनलाई फर्काउन उत्सुक छ।’

Advertisement

लापोर्टासँग जोर्गेको भेटले आगोमा थप ईन्धन थपेको छ, तर द मिररका अनुसार उनीहरूको छलफल ट्रान्सफर वार्तामा केन्द्रीत भएको थिए। द मिररले दाबी गरेको छ, ‘लापोर्टासँग जोर्गेको भेट मेसीलाई युरोपेली फुटबलबाट टाढा भएपछि सम्मान गर्न क्याम्प नोउमा खेलाइने विशेष खेलको बारेमा थियो।’

यद्यपि, मेसीको नाउ क्याम्पले फिर्ती सम्भावना भने कायम रहेको बारे मिररले समेत स्वीकार गरेको छ। तर, बार्सिलोनाको निरन्तर आर्थिक कठिनाइहरू सम्झौता गर्नका लागि बाधा हुन सक्ने बताइएको छ। मेसीका लागि साउदी क्लब अल हिलालले पनि ४ सय मिलियन युरोको प्रस्ताव गरिसकेको छ ।

Advertisement

मेसीले यो सिजन पीएसजीका लागि ३४ गोल गरेका छन्। जसमध्ये २५ लिग वान खेलमा र ७ च्याम्पियन्स लिग खेलमा गोल भएका छन्। बार्सिलोनामा आफ्नो समयमा मेसीले ६७२ गोल गरे र आफूलाई एक महान खेलाडीको रूपमा स्थापित गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top