बालेन सरकारमाथि झनै आक्रमक, भने सिंहदरबार सार्नुस्

३० चैत , काठमाण्डौ ।
संघीय सरकारलाई चेतावनी दिदैं चार दिनदेखि सिंहदरबार, बालुवाटार, राष्ट्रपति कार्यालयसमेतको फोहोर उठ्न नदिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेरि अर्को प्रहार गरेका छन् । सामाजिक संजालमा एकपछि अर्को चर्को आलोचना गर्दै आएका शाहले विहीबार सिंहदरबारलाई नै काठमाडौंबाट अन्त सार्न भन्दै चुनौती दिएका छन् ।

उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न भनेका हुन् । उनले लेखेका छन्, ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’ महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले केन्द्र सरकारसँग पैंठेजोरी खेलिरहेका छन् ।

यसअघि उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोल डम्प गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । त्यसको चर्को आलोचना पनि भएको थियो । त्यसपछि महानगरले फोहोर उठाउने विभिन्न १४ कारणहरु उनले सामाजिक संजालमा नै प्रष्ट पारेका थिए ।

सरकारले पनि मन्त्रीपरिषदबाटै निश्कर्ष निकालेर बालेनले पदीय मर्यादाबाहिर गएर ब्यवाहार गरेको आरोप लगाएको थियो । संचारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले त बालेनको अभिब्यक्तिलाई अराजक भनी टिप्पणी गरेकी छन् । मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बालेनको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको थियो । बु

धबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए । यस्तोमा बिहीबार उनले आफूहरुसँग मिलेर काम नगर्ने भए राजधानी नै अन्त सार्न भनेका हुन् । बालेनले महानगरलाई सरोकारित मन्त्रालयहरुले सहयोग र समन्वय नगरेको आरोप लगाउँदै आएका छन् ।

खास गरी सुकुम्बासी समस्या समाधान गर्नका लागि बल प्रयोग गर्ने पक्षमा रहेका बालेनलाई संघीय सरकारले सहयोग गरिरहेको छैन् । काठमाडौंका भिआईपी आवास र कार्यालयको फोहोर नउठेको विषय संसदमा समेत उठिसकेको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस विषयमा महानगरसँग प्रधानमन्त्रीपुष्पकमल दाहालले आफै वार्ता गर्नुपर्ने बताएका थिए । तर सरकार भने बालेनले उठाएको कदमलाई गलत सावित गर्दै उनलाई सचेत गराउने पक्षमा देखिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top