माओवादीका नेताले अब प्रचण्डलाई बालुवाटारमा भेट्न नपाउने

३० चैत ७९, शुक्रबार

१ वैशाख , काठमाण्डौ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि पार्टी नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्न सुरु गरेका छन् । अब हरेक शुक्रबार उनलाई नेता तथा कार्यकर्ताले पेरिसडाँडामा भेट्न सक्नेछन् । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो ।

माओवादी केन्द्रले यसअघि नै २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । यही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ ।

केही समय अघि मात्रै सत्तारुढ दल नेपाली काग्रेसका महामन्त्री गगन थापाले संसदमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्रीलाई फुर्सदिलो देखेर आफू आश्चर्यमा परेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री सार्वजनिक समारोह र भेटवार्तामा व्यस्त रहेको विषयमा उनले कटाक्ष गरेका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकै जस्तै लागेपनि सहज नरहेको बताएका छन्।

पेरिसडाँडामा कार्यकर्तासँग छलफल गर्दै उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए। ‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ उनले भने। वुद्धि नपु¥याउने र जिम्मेवारी बोध गरेर संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उनले बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top