×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

सानेले भने, ‘मानेलाई कुनै कारबाही नगर्नू’

२ बैशाख २०८०

२ वैशाख, एजेन्सी ।
बायर्न म्युनिखका स्ट्राइकर लेरोई सानेले आफूमाथि कुटपिटमा उत्रिएका अर्का स्टार खेलाडी स्याडियो मानेलाई कारबाही नगर्न आग्रह गरेका छन् । युएईएफ च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि बायर्न म्युनिखका यी दुई खेलाडीबीच तनाव भएको थियो ।

सिटीसँग नमिठो हारपछि बायर्नका दुई स्टार खेलाडीबीचको तनाव बढेर ड्रेसिङ रुममा कुटाकुट भएको थियो । त्सक्रममा मानेले सानेको अनुहारमा मुक्का हानेका थिए । एत्तिहाद स्टेडियममा सिटीसँग ३–० को हारपछि सानेलाई ड्रेसिङ रुममा मानेले कुटपिट गरेपछि क्लबले कारबाही थालेको छ ।

Advertisement
Advertisement

बायर्न व्यवस्थापनले मानेलाई बिहीबार नै तत्कालका लागि निलम्बित गरेको छ । छानबिन नसकिएसम्म उनले बायर्नबाट मैदानमा उत्रिन पाउने छैनन् । क्लब व्यवस्थापनले मानेलाई तत्काल निलम्बन गर्दै उनीसँगको सम्झौतासमेत तोड्ने तयारी थालेपछि सानेले त्यसो नगर्न भनेका हुन् ।

सानेले क्लब व्यवस्थापनसँग विशेष आग्रह गर्दै मानेविरुद्धको कारबाही फिर्ता लिन आग्रह गरेका डेली मेलले जनाएको छ । ’सानेले मानेलाई निलम्बन नगर्न बायर्नलाई विशेष आग्रह गरेका छन् । आफूलाई कुटपिट गरेपछि क्लबका सहकर्मीमाथि कारबाही नचलाउन आग्रसहित उनी अघि सरेका हुन’, डेलीमेलले भनेको छ ।

च्याम्पियन्स लिग क्वार्टर फाइनको पहिलो लेगमा सिटीसँग हारेपछि बायर्नमा तनाव देखिएको थियो । लिभरपुलका ३१ वर्षीय पूर्वविंगर माने अहिले निलम्बित अवस्थामा छन् । बिहीबार क्लबले साने र माने दुवैसँग बैठक गरेको थियो । क्लबका निर्देशक ओलिभर काहानसहितको उक्त बैठकपछि मानेलाई कारबाही नगर्न भन्दै सानेको आग्रह आएको हो ।

Advertisement

सानेले मानेलाई कारबाही नगर्न भने पनि जर्मनीमा यी सेनेगल स्टारको करिअर अब सकिएको अनुमान गर्न थालिएको छ । गम्भीर अनुशासन उलंघन गरेकाले उनको सम्झौता तोडेर कारबाही अघि बढाउने मुडमा क्लब रहेको समाचारमा जनाइएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top