प्रतितोला ८ सयले घट्यो सुनको भाउ, चाँदी भने स्थिर

३ वैशाख , काठमाण्डौ ।

Advertisement

२०८० सालको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।गत कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो।आइतबार तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top