×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

आठौं पटक सरकार विस्तार, अझै सरकार अपूर्ण

३ बैशाख २०८०

३ वैशाख , काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन्। चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए। कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी साउद यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए ।

Advertisement
Advertisement

साउद पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका हुन् । उनी २०५१ देखि नै संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिन सुरु गरेका नेता हुन् । २०५९ शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित हुँदा उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य भएका थिए ।

कांग्रेस प्रजातन्त्रिकको ११औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद २०६४ मा कांग्रेस र कांग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा केन्द्रीय सदस्य थिए । एकीकरणपछिको १२औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका साउदले १४औं महाधिवेशनमा महामन्त्रीमा दाबी गरेका थिए ।

तर, टिकट नपाएपछि उनी केन्द्रीय सदस्यमै उठेका थिए । साउद १४ औँ महाधिवेशनमा बीपीपुत्र डा. शशांक कोइरालापछि सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए। उनले २ हजार ९३७ मत पाएका थिए । कांग्रेसभित्रैका विभिन्न राजनीतिक विवाद समाधानका लागि मध्यस्थकर्ताको भूमिका खेल्ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन् ।

संगठनलाई भत्कन नदिन प्रयत्नरत साउदले देउवाका हरेक संकटमा काँध थाप्दै आएका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका छन् ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । काँग्रेसबाट ५ मन्त्री नियुक्त भइसक्दा अझै ३ मन्त्रीको नाम दिनै बाँकी छ । इतर समूहको भागमा परेको तीन मन्त्री वैशाखको उपचुनावपछि मात्रै पठाउँने शेखर कोइराला समूहले तयारी गरेको छ ।

Advertisement

यस्तै जसपाले पनि वैशाख १० पछि मात्रै मन्त्रीको प्रधानमन्त्रीसमक्ष पठाउँने जनाएको छ । जनमतका अब्दुल खानले खानेपानी मन्त्रालय छाडेपछि यो मन्त्रालय पनि आफ्नो भागमा पार्न काँग्रेसका नेताहरुले दबाव बढाइरहेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top