५ वैशाख , एजेन्सी ।
स्पेसएक्सले सोमबार आफ्नो विशाल रकेट ’स्टारशिप’ को प्रक्षेपण इन्धन भर्ने क्रममा समस्याका कारण स्थगित गरेको छ। एलोन मस्क र उनको कम्पनीले मेक्सिकोसँगको सीमा नजिकैको टेक्सासको दक्षिणी छेउबाट लगभग ४०० फिटको स्टारशिप रकेट प्रक्षेपण गर्ने योजना बनाएको थियो ।
पहिलो चरणको बूस्टरमा भल्भ अड्किएर ४० सेकेन्ड पहिले काउन्टडाउन रोकिएको थियो। प्रक्षेपण नियन्त्रकहरूले समयमै जमेको भल्भ ठीक गर्न सकेनन् र प्रक्षेपण प्रयास रद्द गर्नुप¥यो। यस प्रक्षेपण प्रयासमा रकेटसँग कुनै व्यक्ति वा उपग्रह थिएनन्। कम्तिमा बुधबार सम्म कुनै अर्को प्रक्षेपण प्रयास सम्भव नभएको बताइएको छ ।
“आज धेरै सिकियो,“ मस्कले प्रक्षेपण स्थगित गरेपछि ट्वीट गरेका छन् । कम्पनीले पहिले चन्द्रमा र पछि मंगल ग्रहमा अन्तरिक्ष यात्रीहरू र कार्गो पठाउन स्टारशिप प्रयोग गर्ने योजना बनाएको छ। सोमबार अवलोकनकर्ताहरुलाई सो क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।
यसको सट्टा मानिसहरूलाई दक्षिण पाद्रे टापुमा करिब छ माईल टाढाको समुद्र तटमा भेला हुन अनुमति दिइएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०२५ मा मानिसलाई चन्द्रमामा लैजान स्टारशिप छनोट गरेको छ । यो मिसनलाई आर्टिमिस ३ भनिन्छ। सन् १९७२ पछि पहिलो पटक सन् २०२५ मा मानिस फेरि चन्द्रमामा जानेछ ।
१६४ फिट अग्लो स्टारशिप रकेट चालक दल र कार्गो बोक्न डिजाइन गरिएको छ। स्टारशिपको आफ्नै ६ इन्जिन छन् र यसले १५० माइलसम्मको यात्रा पूरा गर्नेछ। प्रक्षेपणको ९० मिनेट पछि, यसले प्रशान्त महासागरमा खस्नु अघि सम्पूर्ण पृथ्वीको परिक्रमा गर्ने योजना थियो । तर यो असफल भएको छ ।