८ वैशाख, काडमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहान ९ बजेदेखि साढे ११ बजेसम्म छलफल भएको हो । छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ ।
बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा कुरा मिल्न सकेको थिएन । अब संवैधानिक परिषद्का सदस्य समेत रहेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना रुसबाट फर्केपछि बैठक बस्ने तयारी छ । आजको बैठकमा प्रधानन्यायाधीशसहित संसदीय सुनुवाइ समिति गठनलगगायको विषयमा छलफल भएको बताइन्छ ।
यसअघि ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष नेताहरूको बैठकमा चाँडै प्रधानन्यायाधीश नियुक्ति गर्ने सहमति भएको छ । त्यहीअनुसार अहिले दलहरू गृहकार्यमा लागिरहेका छन् । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्दा यसअघिका प्रधानन्यायाधीश कुन मितिबाट अवकाश भएको हो र के कारण भएको भनेर संवैधानिकरूपमा खुलाइनुपर्ने अडान लिएका छन् ।
यसअघि संवैधानिक परिषदको बैठकमा पनि विपक्षी दलका नेता ओलीले सिफारिसको निर्णय गर्दा प्रधानन्यायाधीश पद के कारणले रिक्त भएको हो भनेर खुलाउनुपर्ने संवैधानिक व्यवस्था सम्झाएका थिए । शुक्रबार प्रधानमन्त्रीसँग भएको छलफलमा पनि ओलीले सोही कुरा दोहो¥याएका छन् ।
दाहालसहितको सत्ता गठबन्धनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर डेढ वर्षदेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ । सत्ता गठबन्धनले २०७८ फागुन १ गते राणामाथि महाअभियोग लगाएको थियो । तर, पारित गर्ने दुई तिहाई बहुमत नभएकाले राणालाई अदालतमा फर्किनबाट रोक्ने नियतले लामो समय छलफल नगराइएको थियो । राणा मंसिर २६ गते अवकाश भइसकेका छन् ।